‘घरेलु हिंसापीडित’ एलिनालाई नायिकाहरूको साथ « Khabarhub

‘घरेलु हिंसापीडित’ एलिनालाई नायिकाहरूको साथ


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विष्णु सापकोटाले डिभोर्सबारे मौनता तोडेपछि गायिका एलिना चौहानका ‘आफू घरेलु हिंसामा परेको दाबी’ले थप चर्चा पाएको छ ।

राष्ट्रिय कलाकारहरूले ‘एलिना घरेलु हिंसामा परेको’ विषयलाई निन्दा गरेका छन् । केहीले उनलाई सहानुभूतिसमेत दिएका छन् ।

गत शुक्रबार विष्णुले डिभोर्सबारे एक प्रेस नोट जारी गरेका थिए । डिभोर्स र एलिनाको आरोपबारे रक्षात्मक बन्दै उनी यस घटनाबाट मानसिक तनावमा पुगेको दाबी गरेका थिए ।

उनले आफूलक्षित नकारात्मक टिप्पणी गर्नेविरुद्ध कानुनी उपचारमा लागेको बताएका थिए । अस्ट्रेलिया र नेपाल दुवै स्थानमा कानुनी प्रक्रिया थाल्ने उनको चेतावनी थियो ।

विष्णुको चेतावना सिधा एलिना लक्षित भएको स्पष्ट छ । किनभने उनीलक्षित सार्वजनिकस्थानमा टिप्पणी गर्ने एलिना हुन् ।

चेतवानीलगत्तै एलिनाले सम्बन्धमा रहँदा विष्णुको हिंसाबाट पीडित नीलडामसहितको अनुहारको तस्बिर सार्वजनिक गरेकी थिइन् ।

यही तस्बिरहरू सेयर गर्दै नायिकाहरू एलिनाको पक्षमा उभिएका हुन् । आफूपीडित पुष्टि गर्ने नीलडामसहितको तस्बिर सार्वजनिक गर्नुपर्ने अवस्थामा एलिना पुगेको विषयालाई बेनिशाले निन्दा गरेकी छन् ।

उनले प्रश्न गरेकी छन्, ‘कति पटक एउटी महिलाले आफैँलाई प्रमाणित गर्नुपर्ने ? ऊ पटक–पटक भन्छे, उसले त्यो परिस्थिति भोगकी हुँ भनेर । तर हामी विश्वास गर्ने साटो उसकै सत्यतामा प्रश्न गर्छौं । के उसले आफ्ना नीलडाम देखाउनुपर्छ प्रमाणका लागि ?’

त्यस्तै, नायिका एलिजा गौतमले एनिलाको उक्त तस्बिर सार्वजनिक गर्दै ‘हामी तिम्रो साथमा छौँ एलिना’ लेखेकी छन् ।

एलिना अकल्पनीय घटनाबाट पार भएको नायिका गरिमा शर्मा दुखित छन् । उनले लेखेकी छन्, ‘यो सबै भोगेकी छौं भन्ने लागेको थिएन । यो देखेर दुख लाग्यो ।’

त्यस्तै नायिका स्मिता लामिछानेले एलिनालाई यो घटनाका लागि ‘बलियो बन्न’ सुझाव दिएकी छन् ।

कलाकार कुशुम शर्माले एलिनामाथिको यो ‘हिंसा’लाई मौन बसेका पीडित महिलाहरुको प्रतिनिधिमुलका घटना लिएकी छन् ।
उनले लेखेकी छन्, ‘तिमी हरेक मौन महिलाहरुको आवाज हौं ।

०००

एलिना चौहान अहिले गायकीभन्दा व्यक्तिगत विषयले बढी चर्चामा छिन् ।

एलिना र विष्णु सापकोटाको सम्बन्ध ९ महिनामा टुट्यो । गत वर्षको वैशाखका यी दुईले लगनगाँठो कसेका थिए ।

यही कारण तनावमा रहेकी एलिना व्यक्तिगत विषयले मिडियामा आइरहेकी छन् ।

डिभोर्सको केही समय पूर्वपतिप्रति मौन बसेकी एलिना अहिले सार्वजनिक स्थानमा विष्णु लक्षित टिप्पणी गर्दै आएकी छन् ।

उनले मिडियामा आफ्नो सम्बन्ध अन्त्य हुनका कारण घरेलु हिंसा रहेको बताउँदै आएकी छन् ।

अर्थात्, विष्णुले नीलडाम बस्ने गरी पिट्ने गरेपछि आफूले कानुनी प्रक्रियाबाट सम्बन्ध टुङ्गाएको एलिनाको दाबी छ ।

विष्णु भने यस विषयमा प्रेस नोटमार्फत् बालेका छन् । त्यसपछि एलिनाले नीलडामसहितको अनुहारको तस्बिर राख्दै विण्णुलाई सामाजिक सञ्जालबाटै जवाफ फर्काएकी छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ३ : ११ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी