रुकुम पश्चिममा १० हजारभन्दा बढी बिरुवा रोपियो | Khabarhub Khabarhub

रुकुम पश्चिममा १० हजारभन्दा बढी बिरुवा रोपियो


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– रुकुम पश्चिममा गत आर्थिक वर्ष २०८१/८२ मा १० हजार बढी बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयको सहयोगमा जिल्लाका विभिन्न सामुदायिक वनमा १० हजार बढी बिरुवा रोपिएको हो । 

जिल्लाका १४ वटा सामुदायिक वन समितिलाई निःशुल्क रूपमा १० हजार बढी बिरुवा उपलब्ध गराइएको डिभिजन वन कार्यालयका प्रमुख दिनेशजङ खत्रीले जानकारी दिए । 

उनका अनुसार वितरण गरिएका सबै बिरुवा सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वनमा रोपिसकेका छन् । उनका अनुसार सामुदायिक वनमा धुपी, सल्लो, वीरेन्द्रफूल, कङ्लकी, छत्तिवन, टुनी, बाँसलगायत विभिन्न बिरुवा रोपिएको हो । 

खत्रीले दुई हजारभन्दा बढी बिरुवा मुसिकोट नगरपालिका–१ सल्लेस्थित चण्डीदल गण आर्मी ब्यारेकमा रोपिएको बताए  । केही बिरुवा बाँफीकोट सबडिभिजन कार्यालय छिनखेत र मुसिकोट सबडिभिजन कार्यालय चाँपामा रहेका जनाउँदै उनले ती बिरुवा पनि सरोकार भएका निकायलाई वितरण गरी रोपिने उल्लेख गरे  । 

सामुदायिक वनलाई हराभरा बनाउने, वनबाटै आर्थिक अवस्था सुदृढ बनाउने, रोजगारीका अवसर सृजना गर्नेलगायत उद्देश्य राखेर वृक्षारोपणलाई जोड दिइएको डिभिजन वन कार्यालयका प्रमुख खत्रीले जानकारी दिए । 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ४ : ३० बजे

महिला प्रतिनिधित्व स्थापित गर्न मङ्गलादेवीको योगदान अतुलनीय : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राज्य सञ्चालनका विभिन्न

पशुपतिमा सहज दर्शनको व्यवस्था

काठमाडौं- यस वर्ष हरितालिका तीज पर्वमा पशुपतिनाथ मूल मन्दिर प्रवेश

रसुवा र तातोपानी नाका सञ्चालन गर्न चेम्बरको आग्रह

काठमाडौं- गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा

नयाँ नेपालको यात्रामा सहभागी हुन अध्यक्ष भट्टराईको आह्वान

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको