बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला « Khabarhub

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिका-४ का महिला बाँसबाट विभिन्न  कलात्मक सामग्री निर्माणमा जुटेका छन् । बाँसको जरा सङ्कलन गरी हस्तकलासम्बन्धी विभिन्न सामग्री निर्माणमा यहाँका महिला जुटेका हुन् ।

मेचीनगर-४ की ४० वर्षीया पुष्पा विष्टको दैनिकी बाँसको जरा सङ्कलन गर्ने र त्यसमा विभिन्न वन्यजन्तुका कलात्मक सामग्री निर्माण गरेर बित्ने गरेको छ । 

गाउँघरमा दाउराका रूपमा प्रयोग हुने बाँसको जराबाट हात्ती, चराचुररुङ्गी र विभिन्न सजावटका आकर्षक सामग्री निर्माण हुने उनले बताइन् । तयारी सामग्रीको मूल्य एक हजार रुपैयाँदेखि निर्धारण गरिएको विष्टले जानकारी दिइन् ।

मेचीनगर–४ ले उनीसहित यस क्षेत्रका ३० जनालाई गत वर्ष हस्तकलासम्बन्धी तीन महिने तालिम प्रदान गरेपछि अहिले यहाँका महिला बाँसका आकर्षक सामग्री निर्माणमा जुटेका हुन् ।

महिलाले तयार गरेका सामग्रीको बजारीकरण वडा कार्यालय र जिल्लास्थित डिभिजन वन कार्यालयले गरिदिने वडाध्यक्ष अर्जुन कार्कीले बताए । 

‘खेर गएको बाँस र जराबाट निर्माण गरिएका सामग्रीको बजारीकरण हामी गरिदिने छौँ’, उनले भने, ‘यहाँका महिला यही पेसामार्फत स्वरोजगार बन्दै आत्मनिर्भर बन्न सक्नुहुन्छ ।’

उनले दैनिक भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीले अन्नबाली नष्ट गर्न थालेपछि निराश बनेकाहरूका लागि हस्तकला निर्माणसम्बन्धी तालिम आम्दानीको स्रोत हुने सक्ने बताए । 

बाँसको जराबाट हात्ती, चराचुरुङ्गी, महिलाले प्रयोग गर्ने गरगहना र घरेलु सामग्री निर्माण गर्न सकिने वडाध्यक्ष कार्कीले उल्लेख गरे  । उनले वडाले गर्ने हरेक कार्यक्रममा अतिथिलाई ‘मायाको चिनो’ स्वरूप महिलाद्वारा निर्मित हस्तकलाका सामग्री खरिद गरेर वितरण गर्न थालिएको जानकारी दिए  ।

महिलालाई हस्तकला विज्ञ निर्मल शाक्य र शेखले तीन महिनासम्म प्रशिक्षण दिएका थिए । प्रशिक्षक शाक्यले छोटो समयमा महिलाले सीप सिकेर गुणस्तरीय सामग्री निर्माणमा जुटेका बताए । 

उनले स्थानीय क्षेत्रमा बाँसको उत्पादन प्रशस्त हुने हुँदा कच्चा पदार्थको अभाव नहुने बताउँदै स्थानीय सरकारले बजारीकरणमा थप समन्वय गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : ०५ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण