प्रेम विवाह गर्ने जोडीको सार्वजनिक हत्या « Khabarhub

प्रेम विवाह गर्ने जोडीको सार्वजनिक हत्या


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको दक्षिण–पश्चिम प्रान्त बलुचिस्तानमा प्रेम विवाह गरेका एक जोडीलाई सार्वजनिक रूपमा गोली हानी हत्या गरिएको छ ।

घटनाको दुःखद भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । बलुचिस्तानका मुख्यमन्त्री सरदार सरफराज बुगटीले घटनाको ध्यानाकर्षण गर्दै आरोपीलाई पक्राउ गर्न आदेश दिएका छन् ।

डन न्यूजका अनुसार २० भन्दा बढी हतियारधारी मानिसहरूले ती जोडीलाई पहाडमा लगेर निर्ममतापूर्वक हत्या गरेका थिए । घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले भने– ‘मुख्यमन्त्रीले भिडिओको बारेमा ध्यान दिनुभएको छ र घटनाको अनुसन्धान गर्न र संलग्न संदिग्धहरूलाई तत्काल पक्राउ गर्न आदेश दिनुभएको छ ।’

उनले घटनास्थल र संदिग्ध व्यक्तिहरू पहिचान गर्ने प्रयास भइरहेको बताए । उनले यस्ता क्रूर कार्यहरू असहनीय भएकाले अपराधीहरूलाई कानुनको कठघरामा ल्याइने बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : २१ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण