विद्युत् र सञ्चार सेवाको समस्या सम्बोधन गर्न प्राधिकरणलाई आग्रह « Khabarhub

विद्युत् र सञ्चार सेवाको समस्या सम्बोधन गर्न प्राधिकरणलाई आग्रह


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनसुन प्रतिकार्य कमाण्ड पोस्टले मनसुनका बेला विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुने समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरेको छ । 

कमाण्ड पोष्टको आइतबार सिंहदरबारमा सम्पन्न तेस्रो बैठकले मनसुन अवधिभर बाढी, पहिरो, डुबान र भारी वर्षाका कारण विद्युत् आपूर्ति तथा सञ्चार प्रणाली अवरुद्ध हुने गुनासो आउने गरेका सन्दर्भमा सोको यथोचित र शीघ्र सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउन विद्युत् र दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरेको प्राधिकरणका प्रवक्ता, उपसचिव सुरेश सुनारले जानकारी दिए ।
 
कमाण्ड पोष्टको आजको बैठकले मनसुन अवधिभर नेपाल टेलिकम, एनसेललगायतका दूरसञ्चार सेवा प्रदायकका टावरमा नियमित रूपमा विद्युत् आपूर्ति सुनिश्चित गर्न विद्युत् प्राधिकरणलाई अनुरोध गरेको हो ।

बैठकले हालै रसुवामा गएको बाढीपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १८औँ बैठकबाट निर्णय भएबमोजिम भन्सार पूर्वाधार, सडक, विद्युत् र अन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत आकलन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न सम्बन्धित मन्त्रालयलाई अनुरोध गरेको उपसचिव सुनारले बताए ।
 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : २६ बजे

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी