निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण « Khabarhub

निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा पाँच महिनाअगावै पुल निर्माण भएको छ । आगामी पुस १३ गते सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि त्यसको पाँच महिनाअगाडि नै पुल निर्माण भएको हो ।

प्रसिद्ध तीनखोले मन्दिर जाने बाटोमा पक्की पुल निर्माणपश्चात् आवतजावतमा सहयोग भएको छ । निर्माण व्यवसायीले पटक–पटक म्याद थपेर पनि काम नसक्ने प्रवृत्ति व्याप्त रहेका बेला यहाँ सम्झौता अगावै पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएको स्थानीय शङ्कर सारुले बताए।

सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखरामार्फत कुम्लेखोलामा पुल निर्माण भएको हो । डबल सेल बक्स डिजाइनको पुल रु दुई करोड ८० लाख ५९ हजार ९७९ को लागतमा निर्माण गरिएको शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले जानकारी दिए।

विसं २०८१ असार १३ गते वेस्टर्न पपुलर कन्स्ट्रक्सन प्रालि गुल्मीले विसं २०८२ पुस १३ गते सक्ने लक्ष्यका साथ ठेक्का सम्झौता गरेको थियो । प्रालिका प्रतिनिधि गगन केसीले सबैको सहयोगले समयअघि नै काम सम्पन्न भएको जानकारी दिए।

यो सडक खुलेको २७ वर्ष भएको छ । पृथ्वी राजमार्गबाट तीन किलोमिटरको दूरीमा अवस्थित तीनखोले देवी मोटरमार्गमा पर्ने कुम्लेखोलामा पक्की पुल नहुँदा बर्खामा स्थानीयवासीले सास्ती खेप्दै आएका थिए । बर्खामा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता अब अन्त्य भएको स्थानीय बालकुमार वाग्लेले बताए ।

खेरैनीटार बजारबाट कुम्लेखोला तरेर प्रसिद्ध तीनखोले देवीको मन्दिर पुगिन्छ । यहाँ पुल निर्माण भएपछि अब मन्दिर जाने भक्तजनको सङ्ख्यासमेत बढ्ने मोटरमार्ग उपभोक्ता समितिका अध्यक्षसमेत रहेका वाग्लेको विश्वास छ ।

शुक्लागण्डकी नगरपालिका–६ का वडाध्यक्ष बुद्धिबहादुर थापाले बर्खामा ह्युमपाइप राखेर सवारी सञ्चालन गरे पनि खोला बढ्दा ह्युमपाइप नै बगाउने गरेको स्मरण गरे । उक्त पुलको शनिबार पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ८ : ३१ बजे

स्ट्रेट अफ हर्मुजबाट बाहिरिन थाले जहाज

काठमाडौं- इरान र अमेरिकाबीचको तनावका कारण लामो समयदेखि ठप्प रणनीतिक

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका

लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

धरान– धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित

सांसद एवं उच्च सरकारी अधिकारीलाई सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसिसी)ले सांसद तथा उच्च सरकारी ओहदामा

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत

म्याग्दी– स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल