‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ « Khabarhub

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र ‘महाभोज’ले आजको पुस्ताले सामन्तवादका विरुद्ध सङ्घर्ष गरी समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश दिन सफल भएको बताएका छन् ।

आज चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै उनले चलचित्र निकै चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक लागेको बताए । अध्यक्ष दाहालले पछिल्लो पुस्ताले सो चलचित्र हेरेर यसको भाव बुझ्न आवश्यक रहेको औँल्याए ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अध्यक्ष प्रचण्ड तथा समाजवादी मोर्चाका शीर्ष नेताहरू आज उक्त चलचित्र हेर्न सिटी सेन्टर पुगेका थिए । उपत्यका जनसम्पर्क तथा सांस्कृतिक अभियान अन्तर्गत जनसांस्कृतिक महासंघ, नेपाल, बागमती प्रदेशको आयोजनामा चलचित्र महाभोज को विशेष प्रदर्शन गरिएको हो ।

प्रगतिशील समाज रूपान्तरण र समसामयिक कथावस्तुमा आधारित यस चलचित्रले ‘सत्य कहिल्यै लुक्न सक्दैन’ भन्ने मूल सन्देश बोकेको छ ।

चलचित्र महाभोजका निर्माता हिमाल कडरिया तथा निर्देशक दिनेश राउत र कार्यकारी निर्माता किरण नेपाली रहेका छन् । चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, बुद्धि तामाङ, अञ्जना बराइली, मल्लिका महत, गौमाया गुरुङ, बसुन्धरा भुसाललगायत कलाकारहरूको अभिनय रहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १० : ५९ बजे

रास्वपा महाधिवेशनमा आज बन्दसत्र हुँदै, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्दसत्र

फोटो लाइब्रेरीले खिँचेको तोसिमा कार्कीको फोटोमा कसले गर्‍यो छेडखानी ?

काठमाडौँ – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण