अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिका बैठक बस्दै छन् । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, अर्थ समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन् ।

समितिका बैठकहरू बिहान ८ देखि दिउँसो सवा १२ बजेको बीचमा सिंहदरबारस्थित आआफ्नै बैठक कक्षमा बस्नेछन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविदहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, अर्थ समिति बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको पारित प्रतिवेदनमाथि थप छलफल हुनेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२–०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गर्ने तयारी छ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यान्वयनका सम्बन्धमा सम्बन्धित मन्त्रीसँग छलफल गर्ने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यक्रम छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ६ : २६ बजे

कराचीमा भारी वर्षा, आठ जनाको मृत्यु

काठमाडौं– पाकिस्तानको कराची सहरमा वर्षाजन्य कारणले भएका दुर्घटनामा परी आठ

मुख्यमन्त्री कार्कीले भने- मानवअधिकार संरक्षण र संवर्द्धन गर्न जिम्मेवारीपूर्वक कार्य गर्नुपर्छ 

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारको संरक्षण र संवर्द्धन

कुनै किसिमको अपराध सैह्य हुने छैन : मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अपराध नियन्त्रणमा कसैले पनि

प्रहरी सेवापछि व्यावसायिक खेतीमा पदम, कमाउँछन् वार्षिक दुई लाख

बनियानी– यहाँको कचनकवल गाउँपालिका-६ कार्कीझोडाका पदम गौतम (खत्री) अहिले व्यावसायिक कृषि

सांसद ढकालको माग : मुक्त कमैयाको लालपुर्जामाथि लगाइएको बन्देज फुकुवा गर्नुपर्छ

 काठमाडौं– सत्तारूढ नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले १८ वर्षअघि मुक्त