सूचना नपाएको सूचना अधिकारीकै गुनासो « Khabarhub

सूचना नपाएको सूचना अधिकारीकै गुनासो


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङका जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार सूचना प्राप्त नहुने गुनासो गरेका छन् ।

दिक्तेलमा आयोजित सूचनाको हकसम्बन्धी छलफलमा सहभागी जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालयबाट आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार सूचना प्राप्त नभएको बताएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले कार्यालय प्रमुखहरूले नै पत्रकार तथा नागरिकलाई सूचना उपलब्ध गराउन आनाकानी गर्ने गरेको बताए ।

‘म कार्यालयको सूचना अधिकारी हुँ तर म आफैलाई सूचना प्राप्त हुँदैन । अन्य साथीहरूको पनि यही गुनसो छ’, उनले भने ।

नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाका अध्यक्ष हरिवोल आचार्यले महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका आधारमा समाचार लेख्दा समेत पत्रकारहरुविरुद्ध विज्ञप्ति जारी हुने गरेको कटु यथार्थ सुनाए ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सूचनाको हक मौलिक हक भएकाले प्रत्येक कार्यालयले पत्रकार तथा आम नागरिकले चाहेको समयमा सूचना उपलब्ध गराउन आनाकानी गर्न नहुनेमा जोड दिइन् । (रासस)

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ८ : ४३ बजे

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै