टप एण्ड टी–२० सिरिज : मेलबर्न रेनेगेड्स विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै | Khabarhub Khabarhub

टप एण्ड टी–२० सिरिज : मेलबर्न रेनेगेड्स विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ, ४ भदौ : अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ मेलबर्न रेनेगेड्स एकेडेमी विरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ । 

डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा भरखरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । यससँगै मेलबर्न रेनेगेड्स एकेडेमीले पहिला बलिङ गर्नेछ । 

नेपालले हालसम्म खेलको चार खेलमा एक खेलमा जित तथा तीन खेलमा पराजय भोगेको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

मंगलबार भएको आफ्नो चौथो खेलमा भने नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाइ ६६ रनले पराजित गर्दै विजयी भएको हो । आज नेपालले आफ्नो जितलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ । 

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १२ : ०२ बजे

कोशी प्रदेशसभामा पनि उठ्यो उपसभामुख रानाविरुद्धको महाअभियोगको प्रसंग 

विराटनगर– उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को

नख्खुबाट प्रचण्डसँग रविको गुनासो : भैरहवा कारागारमा गोलघरमा जस्तै राखे

काठमाडौँ–   सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका

देउवाले भने- जनताले विश्वास गरेकैले यहाँसम्म आइपुगेँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले विश्वास गरेका कारण