कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो : प्रदेश प्रमुख जोशी « Khabarhub

कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो : प्रदेश प्रमुख जोशी


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले यहाँका जनताको त्याग र बलिदानबाट कर्णाली प्रदेशको जन्म भएको बताएका छन् । 

कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस-२०८२ को मूल समारोहलाई सम्बोधन गर्दै उनले प्रदेश स्थापनार्थ आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूले देखाएको मार्गदर्शनलाई अपनाउँदै जनताको हित र अधिकार रक्षा हुनेगरी काम गर्न प्रदेश सरकारलाई आग्रह गरे। मुलुक सङ्घीयतामा गएसँगै कर्णालीजस्ता पिछडिएका क्षेत्रको विकासमात्र नभई नागरिकको जीवनस्तर माथि उठेको उनले उल्लेख गरे ।

उनले भने, ‘पैसा हामीसँगै छ, टाढा जानुपर्दैन । इच्छाशक्तिले काम गरियो भने कर्णालीले मुलुकलाई केही दिन सक्ने सामथ्र्य राख्छ । अब सङ्घले केही दिएन भनेर गुनासो गर्नुपर्छ जस्तो लाग्दैन । हामीसँग भएको बजेट खर्च गर्ने क्षमता बढाऔँ ।’ 

बजेट खर्च गर्न जिम्मेवार कर्मचारीलाई पुरस्कृत र त्यसमा लापरवाही गर्ने कर्मचारीलाई प्रदेश सरकारले दण्डित गर्ने साहस राख्नुपर्नेमा उनले जोड दिए ।
 
कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले कर्णालीवासीको सङ्घर्षबाट कान्छो भएर जन्मे पनि प्रदेशको नामकरणमा कर्णालीले जेठो रूपमा स्थापित गरेको बताए। उनले सङ्घीयताको कार्यान्वयनपश्चात् सबै वर्ग जाति, भेग, क्षेत्रको उत्थानमा सहयोग पुगेको जनाए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले सिंहदरबारबाटै शासन चलाउने राजनीति दलहरूको मनोवृत्तिका कारण कर्णालीको अपेक्षित विकास हुन नसकेको टिप्पणी गरे। उनले स्थानीय तथा प्रदेश सरकार बलियो भएमात्र सङ्घीय व्यवस्था दिगो एवं बलियो हुने र जनताको जीवनस्तरमा पनि परिवर्तन आउने जिकिर गरे। 

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले कर्णाली जन्माउने सहिदहरूको सपना पूरा गर्न लाग्नुपर्नेमा जोड दिँदै पीडित परिवारलाई प्रदेश सरकारले आवश्यक सम्बोधन गर्नुपर्ने बताए। सङ्घले कर्णालीप्रति हेर्ने दृष्टिकोण बदल्न र यहाँको नेतृत्वहरूको सोचमा सकरात्मकपन आउन सके विकासको लक्षित गन्तव्यमा पुग्न सकिने उनको भनाइ छ ।

उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, जिल्ला समन्वय समितिका प्रमुख, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश सचिवहरू, सुरक्षा निकायका प्रमुख, कर्मचारी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १२ : २५ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा