कुनै किसिमको अपराध सैह्य हुने छैन : मुख्यमन्त्री शाह « Khabarhub

कुनै किसिमको अपराध सैह्य हुने छैन : मुख्यमन्त्री शाह


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अपराध नियन्त्रणमा कसैले पनि अवरोध गर्न नहुने बताएका छन् । जिल्ला समन्वय समितिले बुधबार धनगढीमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रगति समीक्षा एवं स्थानीय तहको असल अभ्यास’सम्बन्धी अनुभव आदन-प्रदान कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

कैलालीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख उपस्थित कार्यक्रममा मुख्यमन्त्री शाहले अपराध नियन्त्रण गर्ने क्रममा कसैको अनुहार नहेर्नसमेत आग्रह गरे ।

 ‘कुनै किसिमको अपराध सैह्य हुने छैन । कुनै किसिमको गुण्डागर्दी सैह्य हुनेछैन,’ शाहले भने, ‘अपराध र लागू औषध नियन्त्रणमा हामी सबै जनप्रतिनिधिहरूले सहयोग गर्नुपर्छ । हामीले त्यो वातावरण निर्माण गरेका छौँ, अझैँ प्रभावकारी बनाउन जरुरी छ ।’

एक अर्को प्रशंगमा मुख्यमन्त्री शाहले पालिकामा वित्तिय हस्तान्तरण तर्फको बजेट आफू आएपछि क्रमशः बढाउदै लगेको बताए । उनले पहिलो पटक आफू मुख्यमन्त्री हुँदा दुई प्रतिशत रहेको वित्तिय हस्तान्तरण बढाएर पहिलो वर्षमा आठ प्रतिशत र दोस्रो कार्यकालमा १२ प्रतिशत पुर्‍याएको बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  २ : २० बजे

रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

रसुवा– विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि

पृथ्वी राजमार्ग खुलेसँगै गन्तव्यतर्फ लागे काठमाडौंमा अड्किएका सवारी (तस्बिरहरू)

काठमाडौं– निरन्तरको वर्षा र राजमार्गमा आएको अवरोधपछि काठमाडौंमा अड्किएका मालवाहक

चार दिनपछि खुल्यो बीपी राजमार्ग

काभ्रेपलाञ्चोक- अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको

अमेरिका–इरान सम्झौतामा अझै मतभेद

न्युयोर्क- इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै