दुर्गम क्षेत्रमा विपद् व्यवस्थापन संयन्त्र सुधार्न सांसद बजगाईँको आग्रह « Khabarhub

दुर्गम क्षेत्रमा विपद् व्यवस्थापन संयन्त्र सुधार्न सांसद बजगाईँको आग्रह


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले दुर्गम तथा पहुँचविहीन क्षेत्रमा विपद् व्यवस्थापन र तत्काल सहयोग पुर्‍याउने संयन्त्र सुधार गरिनुपर्नेमा जोड दिएका छन् । 

सांसद बजगाईंले बुधबार सामाजिक सञ्जाल एक्समा गृहजिल्ला गोर्खाका प्रमुख जिल्ला अधिकारीले देखाएको व्यवहार उदाहरणका रूपमा प्रस्तुत गर्दै विपद् व्यवस्थापन र तत्काल सहयोग पुर्‍याउने संयन्त्र सुधार गरिनुपर्नेमा जोड दिएका हुन् । 

‘कस्तो सीडीओ? गोर्खाका सीडीओको व्यवहारप्रति गम्भीर आपत्ति, सम्माननीय प्रधानमन्त्रीको ध्यानकृष्टको खातिर,’ उनले गोर्खाका एउटा घटना उल्लेख गर्दै लेखेका छन्,’ ‘म यो घटनाको गम्भीरतालाई हेरेर विशेष गरी दुर्गम तथा पहुँचविहीन क्षेत्रमा विपद् व्यवस्थापन र तत्काल सहयोग पुर्‍याउने संयन्त्र तत्काल सुधार गरिनुपर्छ भन्ने कुरा जोड दिन चाहन्छु ।’

सांसद बजगाईंले गोर्खाको चुम नुब्री गाउँपालिका वडा नं. २ विही गाउँमा गएको पहिरोसम्बन्धी घटना पनि एक्समा उल्लेख गरेका छन् । स्थानीय राजा लामाले बाटो बगेको पहिरोको तस्बिर र जानकारी दिँदै आपतकालीन सहयोगका लागि अनुरोध गरेपछि आफूले तुरुन्तै गोर्खाका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरेको उनको भनाइ छ । 

‘तर, सीडीओबाट प्राप्त जवाफ न केवल सहयोगी थियो, बरु गैरजिम्मेवारपूर्ण पनि रह्यो । पहिलो कुरा, उनले प्रत्येक वडा र गाउँपालिकामा जेसीबी उपलब्ध रहेको बताए, तर यो भनाइ गोर्खा क्षेत्रको भौगोलिक अवस्था र विही गाउँको दुर्गम अवस्थाको पूर्ण अज्ञानता झल्काउने खालको थियो । विही गाउँ सडक सञ्जालमा नजोडिएको क्षेत्र हो भन्ने उनलाई थाहा नभएको देखिन्थ्यो,’ उनले लेखेका छन् ।
 
सीडीओको व्यवहार र प्रशासनिक उदासिनताले प्रश्न उठाएको भन्दै बजगाईँले गोर्खाको दुर्गम गाउँमा बसोबास गर्ने नागरिकहरूले राज्यबाट आपतकालीन सेवा कसरी पाउने भनेर प्रश्न पनि गरेका छन् । 

‘दोश्रो कुरा, उनले मलाई उल्टै गाउँका स्थानीय बासिन्दालाई आफ्नै मोबाइलबाट आफूलाई फोन गर्न भन्नुभयो त्यो आदेशात्मक थियो- जुन न केवल अव्यावहारिक थियो, बरु आपतकालीन अवस्थामा देखाउनुपर्ने संवेदनशीलताको पूर्ण अभाव देखिएको थियो । त्यति मात्र होइन, ‘फोर्स मेजोर’ जस्तो महत्वपूर्ण अवधारणाको समेत कुनै ज्ञान नभएको देखियो,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ३ : ५९ बजे

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा