दुर्गम क्षेत्रमा विपद् व्यवस्थापन संयन्त्र सुधार्न सांसद बजगाईँको आग्रह « Khabarhub

दुर्गम क्षेत्रमा विपद् व्यवस्थापन संयन्त्र सुधार्न सांसद बजगाईँको आग्रह


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले दुर्गम तथा पहुँचविहीन क्षेत्रमा विपद् व्यवस्थापन र तत्काल सहयोग पुर्‍याउने संयन्त्र सुधार गरिनुपर्नेमा जोड दिएका छन् । 

सांसद बजगाईंले बुधबार सामाजिक सञ्जाल एक्समा गृहजिल्ला गोर्खाका प्रमुख जिल्ला अधिकारीले देखाएको व्यवहार उदाहरणका रूपमा प्रस्तुत गर्दै विपद् व्यवस्थापन र तत्काल सहयोग पुर्‍याउने संयन्त्र सुधार गरिनुपर्नेमा जोड दिएका हुन् । 

‘कस्तो सीडीओ? गोर्खाका सीडीओको व्यवहारप्रति गम्भीर आपत्ति, सम्माननीय प्रधानमन्त्रीको ध्यानकृष्टको खातिर,’ उनले गोर्खाका एउटा घटना उल्लेख गर्दै लेखेका छन्,’ ‘म यो घटनाको गम्भीरतालाई हेरेर विशेष गरी दुर्गम तथा पहुँचविहीन क्षेत्रमा विपद् व्यवस्थापन र तत्काल सहयोग पुर्‍याउने संयन्त्र तत्काल सुधार गरिनुपर्छ भन्ने कुरा जोड दिन चाहन्छु ।’

सांसद बजगाईंले गोर्खाको चुम नुब्री गाउँपालिका वडा नं. २ विही गाउँमा गएको पहिरोसम्बन्धी घटना पनि एक्समा उल्लेख गरेका छन् । स्थानीय राजा लामाले बाटो बगेको पहिरोको तस्बिर र जानकारी दिँदै आपतकालीन सहयोगका लागि अनुरोध गरेपछि आफूले तुरुन्तै गोर्खाका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरेको उनको भनाइ छ । 

‘तर, सीडीओबाट प्राप्त जवाफ न केवल सहयोगी थियो, बरु गैरजिम्मेवारपूर्ण पनि रह्यो । पहिलो कुरा, उनले प्रत्येक वडा र गाउँपालिकामा जेसीबी उपलब्ध रहेको बताए, तर यो भनाइ गोर्खा क्षेत्रको भौगोलिक अवस्था र विही गाउँको दुर्गम अवस्थाको पूर्ण अज्ञानता झल्काउने खालको थियो । विही गाउँ सडक सञ्जालमा नजोडिएको क्षेत्र हो भन्ने उनलाई थाहा नभएको देखिन्थ्यो,’ उनले लेखेका छन् ।
 
सीडीओको व्यवहार र प्रशासनिक उदासिनताले प्रश्न उठाएको भन्दै बजगाईँले गोर्खाको दुर्गम गाउँमा बसोबास गर्ने नागरिकहरूले राज्यबाट आपतकालीन सेवा कसरी पाउने भनेर प्रश्न पनि गरेका छन् । 

‘दोश्रो कुरा, उनले मलाई उल्टै गाउँका स्थानीय बासिन्दालाई आफ्नै मोबाइलबाट आफूलाई फोन गर्न भन्नुभयो त्यो आदेशात्मक थियो- जुन न केवल अव्यावहारिक थियो, बरु आपतकालीन अवस्थामा देखाउनुपर्ने संवेदनशीलताको पूर्ण अभाव देखिएको थियो । त्यति मात्र होइन, ‘फोर्स मेजोर’ जस्तो महत्वपूर्ण अवधारणाको समेत कुनै ज्ञान नभएको देखियो,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ३ : ५९ बजे

तालमेलको टुंगो नभएपछि एमालेले सबै १६५ क्षेत्रमै उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसहितका शक्तिसँग तालमेल र

सानेपामा कांग्रेस (शेरबहादुर) को पत्रकार सम्मेलन

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पत्रकार सम्मेलन आयोजना गरेको

एमालेले शनिबार प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने, बोलायो सचिवालय बैठक

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेकपा

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड