खाँदबारी कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ « Khabarhub

खाँदबारी कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

किमाथांका– जिल्ला  कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट दुई जना कैदीको मृत्यु घटना प्रकरणको मुद्दा फैसलामा ढिलाइ भएको छ । 

गत २०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा कैद  भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय प्रकाशतोलाङ्गी र नुवाकोट जिल्ला, ककनीगाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको  कुटपिटबाट मृत्यु भएको थियो ।

सुरक्षाकर्मी र कैदीको कुटपिटबाट मारिएका दुई कैदीका परिवारले अझै न्याय पाउन सकेका छैनन् । उक्त मुद्दा दुई वर्षदेखि अदालतमा विचाराधीन छ । 

दुई जना कैदीको मृत्यु घटना प्रकरणको मुद्दा पटक पटक पेशी सर्दै आएको छ । दुई कैदीको कुटपिटपछि मृत्यु भएको घटना प्रकरणमा थप सुरक्षाकर्मी र कैदीसहित १५ जनासँग बयान भइसकेको छ । 

उक्त घटनामा एक जना चिकित्सकसहित हालसम्म ५७ जनासँग बकपत्र भएको जिल्ला अदालतका स्रेस्तेदार उज्ज्वल न्यौपानेले जानकारी दिए। यसबीचमा दुई जना न्यायाधीशको सरुवा भइसकेको छ । कारागारबाट भाग्न खोजेको आरोपमा दुई कैदीलाई नियन्त्रणमा लिएर सुरूमा प्रहरीले कुटपिट गरेको र कारागारभित्र बुझाएपछि कैदीबन्दीले कुटपिट गरेर यातना दिएको सिसी क्यामेरा फुटेजमा देखिएको थियो । 

कैदी हत्या घटनामा कारागारका तत्कालीन इन्चार्ज सहायक निरीक्षक लक्ष्मी चौधरीसहित सात प्रहरी र चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राईसहितका कैदीको संलग्नता देखिएको थियो । 

कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो । 

कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात जना प्रहरी र आठ जनालाई घटनामा संलग्न भएको आरोपमा २०८० भदौ २७ गते पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । जिल्ला अदालतले सात प्रहरीलाई जिल्ला कारागार, धनकुटा र कैदीलाई जिल्ला कारागार, तेह्रथुम पठाउन आदेश दिएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ७ : ५८ बजे

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको