सिंहदरबारभित्रका विभिन्न क्षति पुगेका मन्त्रालयमा रङ्गरोगन « Khabarhub

सिंहदरबारभित्रका विभिन्न क्षति पुगेका मन्त्रालयमा रङ्गरोगन


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगजनीबाट आंशिक क्षति पुगेका सिंहदरबारभित्रका विभिन्न मन्त्रालयको मर्मत सम्भार भइरहेको छ । 

आन्दोलनका क्रममा गत भदौ २४ गते जलेर क्षतिग्रस्त बनेको सिंहदरबारका केही मन्त्रालयबाटै पुन काम सुरु गर्न मर्मतसम्भारका साथै रङ्गरोगन भइरहेको हो ।

आगजनी तथा तोडफोडबाट क्षति भएका मन्त्रालयका झ्याल ढोका परिवर्तन गर्ने, फर्निचर लगायतका आवश्यक सामाग्री राख्ने काम भइरहेको शहरी विकास मन्त्रालयले जनाएको छ ।

सिंहदरबारमा आगजनी हुँदा प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय लगायतका केही मन्त्रालय पूर्ण रुपमा ध्वस्त भएको छ भने केही मन्त्रालयमा आंशिक क्षति मात्र भएको छ । 

सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै मर्मत सम्भारको काम भइरहेको बताइएको छ । 

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ३ : २३ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा