सिंहदरबारभित्रका विभिन्न क्षति पुगेका मन्त्रालयमा रङ्गरोगन « Khabarhub

सिंहदरबारभित्रका विभिन्न क्षति पुगेका मन्त्रालयमा रङ्गरोगन


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगजनीबाट आंशिक क्षति पुगेका सिंहदरबारभित्रका विभिन्न मन्त्रालयको मर्मत सम्भार भइरहेको छ । 

आन्दोलनका क्रममा गत भदौ २४ गते जलेर क्षतिग्रस्त बनेको सिंहदरबारका केही मन्त्रालयबाटै पुन काम सुरु गर्न मर्मतसम्भारका साथै रङ्गरोगन भइरहेको हो ।

आगजनी तथा तोडफोडबाट क्षति भएका मन्त्रालयका झ्याल ढोका परिवर्तन गर्ने, फर्निचर लगायतका आवश्यक सामाग्री राख्ने काम भइरहेको शहरी विकास मन्त्रालयले जनाएको छ ।

सिंहदरबारमा आगजनी हुँदा प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय लगायतका केही मन्त्रालय पूर्ण रुपमा ध्वस्त भएको छ भने केही मन्त्रालयमा आंशिक क्षति मात्र भएको छ । 

सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै मर्मत सम्भारको काम भइरहेको बताइएको छ । 

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ३ : २३ बजे

जेन-जी आन्दोलनको उपहास : सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर