एमालेको आडमा अराजकता निम्त्याउने छुट कसैलाई छैन : पदम गिरी « Khabarhub

एमालेको आडमा अराजकता निम्त्याउने छुट कसैलाई छैन : पदम गिरी


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले एमालेको आडमा अराजकता निम्त्याउने छुट कसैमा नरहेको बताएका छन् । उनले एमाले भन्दै तोडफोडमा उत्रिने जोकोही भए पनि निर्मम कारबाही गरिनुपर्ने बताए । 

उनले भने, ‘तोडफोड आगजनी गर्ने एमाले हुँनै सक्दैन । एमालेको सदस्य हुने, एमाले हुँ भन्ने, एमालेको झण्डा बोक्ने । तर कांग्रेसको कार्यालय देख्यो भने जलाउँछ । माओवादीको पार्टी कार्यालय देख्यो भने आगो लगाउन पुग्छ । कुनै सार्वजनिक सम्पत्ति देख्यो भने जलाउँछ । भने त्यस्तो मान्छे एमाले हुन सक्दैन ।’

एमालेको नाम लिँदै फटाइँ गर्नेलाई कारबाही गर्नुपर्ने उनले बताए । उनले भने, ‘त्यसलाई खोजी खोजी निर्ममतापूर्वक कारबाही गरिनुपर्छ । त्यसलाई तत्काल पक्राउ गरी प्रहरी कार्यालयमा लगेर बुझाउन पर्छ ।’

तोडफोड, आगजनी र विध्वंसलाई प्रशासनले पनि हेरोस् भन्दै पूर्वमन्त्री गिरीले समाजमा अराजकता निम्त्याउन समूहलाई कारबाहीको दायरमा ल्याउन माग गरे ।

 ‘यो विषय प्रशासनले पनि हेरोस् । जो जो संलग्न छन् तिनीहरूको कारबाही होस् । आगजनी गर्न हिँड्ने मान्छेलाई कारबाहीको दायरामा ल्याउने र कानूनी कारबाही गर्ने जिम्मेवारी प्रशासनले लिनुपर्छ,’ उनले भने ।

पार्टी कार्यालय, नेताका घर तथा सम्पत्ति जलाएर तर्साउन खोजिएको भए त्यो पूरा नहुने गिरीले बताए । 

उनले भने, ‘मेरो पनि घर जलाए । लागेको हुनसक्छ । पार्टी कार्यालय जलाइयो घर जलाइयो यिनीहरूको मनोबल घट्छ र अब बाहिर निस्कँदैनन् भन्ने सोचेका होलान् । तर त्यसो होइन । फेरि मजबुत हुँदै, संगठित हुँदै, पुनर्गठित हुँदै, एकताबद्ध हुँदै त्यसबाट साहस बटुलेर अब एमाले निर्माणमा पार्टीका सबै पक्ष मिलेर फेरि उठ्दैछौँ । ’

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ३ : ५६ बजे

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच

शिक्षकको तलब भत्ताबारे अफवाह फैलाइयो : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षकहरूको प्रोत्साहन

स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध

पर्सा – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यहाँस्थित नारायणी अस्पतालको