सङ्खुवासभामा खसीबोकाको किनबेच सुरु « Khabarhub

सङ्खुवासभामा खसीबोकाको किनबेच सुरु


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

किमाथांका– जिल्ला सदरमुकाम खाँदबारीमा दसैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुका साथै खसीबोकाको व्यापार सुरु भएको छ । किसानले गाउँ–गाउँबाट खसीबोका बिक्रीका लागि बजार ल्याउन थालेका छन् । 

वर्षभरि पालिएका खसीबोका बिक्री गरेर किसानले दसैँ, तिहार जस्ता मुख्य चाडपर्वको खर्च टार्ने गर्दछन् । खाँदबारीमा शनिबार र बुधबार साताको दुई दिन साप्ताहिक हाट लाग्ने भएकाले खसीबोका बिक्रीका लागि यहाँ ल्याउने गरिएको किसान बताउँछन् ।

बजारमा माग बढी हुन थालेपछि खसीबोका बिक्रीमा समस्या नभएको किसानको भनाइ छ । खसीबोका पालन गर्ने किसानलाई जीविकोपार्जनका साथै दसैँ, तिहार जस्ता चाडपर्व मनाउन सहज भएको छ । स्थानीय हाटबजारमा जिउँदो खसीबोका तौल गरेर बिक्री गरिन्छ ।

साप्ताहिक हाटबजारमा पुर्‍याएपछि खसीबोका बेच्न समस्या नभएको किसानले बताएका छन् । जिल्लाबाट काठमाडौँसहित देशका प्रमुख सहरमा यसअघिका दसैँमा जसरी नै यो वर्ष पनि खसीबोका लैजाने गरिएको यहाँस्थित पशु सेवा  विज्ञ केन्द्रले जनाएको छ ।

खसीबोका किन्न व्यापारी आफैँ किसानको घरघरमा पुग्न थालेपछि बिक्रीमा थप सहज भएको केन्द्रका प्रमुख हिमालय पोखरेलले बताए।

जिल्लाबाट गतवर्ष दसैँमा करिब रु ७५ लाख बढीको खसीबोका बिक्री भएको प्रमुख पोखरेलले जानकारी दिए । यहाँका १० स्थानीय तहमध्ये सबैभन्दा बढी खसीबोका सदरमुकाम खाँदबारीमा बिक्री हुने गरेको उनले बताए।

 पछिल्लो समय माग बढेसँगै किसानले उत्पादन गरेका खसीबोका सोझै उपभोक्तासम्म पुग्न भएकाले जिल्लाका किसान उत्साहित भएका छन् ।
 

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ६ : ०८ बजे

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका