नारायणगढ–मुग्लिन सडक खण्ड अझै अवरुद्ध, पहिरो हटाउने प्रयास असफल « Khabarhub

नारायणगढ–मुग्लिन सडक खण्ड अझै अवरुद्ध, पहिरो हटाउने प्रयास असफल


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

चितवन – लगातारको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। शुक्रबार साँझ तुइन खोला पुल नजिकै खसेको ठूलो पहिरो हटाउने काम शनिबार दिनभर चले पनि सफल हुन सकेन।

सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार, आज दिनभर पहिरो पन्छाउने प्रयास भइरहेका बेला फेरि ठूला ढुंगा र लेदो खसेर काम गर्न कठिन भएको हो। “एक्साभेटरमा क्षति हुने अवस्था देखिएपछि र रातको समयमा जोखिम बढ्ने भएकाले प्रमुख जिल्ला अधिकारीको अनुरोधमा काम भोलि बिहान ३ बजेसम्मका लागि स्थगित गरिएको छ,” उनले जानकारी दिए।

विभागले दिएको विवरणअनुसार, शनिबार बिहान ७:४० बजे पुनः ठूलो पहिरो खस्दा करिब १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइमा सडक ढाकिएको छ। करिब ७० मिटर माथिबाट निरन्तर ढुंगा खसिरहेकाले तत्काल सडक खुलाउने सम्भावना कमजोर भएको विभागले जनाएको छ।

हाल प्राविधिक टोली घटनास्थलमै तैनाथ रहेको र अवस्था सामान्य भएसँगै सडक खोल्ने काम सुरु गर्ने तयारी भएको बताइएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ८ : २० बजे

मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्‍याउन आग्रह

काठमाडौं– विगतमा कृषि बँधुवा मजदुरका रूपमा रहेका मुक्तकमैया, हलिया, कम्लरी

कानुन व्यवसायीले दिउँसै लाल्टिन बालेपछि…

काठमाडौं– सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरू दर्ता गर्न अस्वीकार

कङ्गोमा इबोलाका कारण मृतकको सङ्ख्या १३१ पुग्यो

काठमाडौं- प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको प्रकोपका कारण कम्तीमा १३१

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

 कामाडौं– प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिको माग

रूसमा आणविक अभ्यास सुरु

मस्को- युक्रेन युद्ध तीव्र भइरहेका बेला रूसले देशभरका हजारौँ सैनिक