जलेको घर हेर्दै राधिकाले भनिन् : सङ्ग्रहालय छोडेर जाने मन थियो, खरानी छोडेर जानु पर्ने भयो « Khabarhub

जलेको घर हेर्दै राधिकाले भनिन् : सङ्ग्रहालय छोडेर जाने मन थियो, खरानी छोडेर जानु पर्ने भयो


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको घरको अवलोकन गरेकी छन् । शाक्यले नयाँ पुस्तालाई यो घर सङ्ग्रहालयको रुपमा छोडेर जाने बिचार भए पनि अब खरानी छोडेर जानु परेको बताइन् ।

उनले जलेका पुस्तकका खरानीको टिका लगाउँदै आफूले यहाँ पुस्तकहरु जतन गरेर राख्ने गरेको,अध्यक्ष ओलीलाई देश विदेशबाट दिइएका सम्मानपत्र तथा बहुमल्य बस्तुहरु समेत संग्राहलयको रुपमा सजाएर राखिएको उनले बताइन् ।

‘मलाई यो घर व्यवस्थापन गर्न छ महिना लाग्यो’ उनले भने, ‘एउटा कोठामा स्वदेशबाट प्राप्त सम्मान पत्र तथा मायाको चिनो र अर्को कोठामा चाइना,कम्बोडिया,भारत,भियतनाम,जापान लगायतका देशका प्रधानमन्त्रीहरुले दिएका अमूल्य सामानहरु दराजहरुमा थिए ।’

शाक्यले आगलागी भएको घरका विभिन्न कोठामा केके सामानहरु थिए भनेर सम्झना गरिन् । ‘यति मेरो पसिना र श्रम परेको छ नि’ भावुक हुँदै शाक्यले भनिन् ‘बालुवाटार हुँदा पनि म साता दश दिनमा यहाँ आएर सामान मिलाउने र सफाइ गर्ने काम गर्थें ।’

शाक्यले घर फेरी बनाउन सकिए पनि इतिहास फेरी बनाउन नसकिने बताइन् । जेनजी आन्दोलनका अराजक जत्थाले बालकोट स्थित अध्यक्ष केपी शर्मा ओलीका दुवै घर जलाएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ९ : २९ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व