जलेको घर हेर्दै राधिकाले भनिन् : सङ्ग्रहालय छोडेर जाने मन थियो, खरानी छोडेर जानु पर्ने भयो « Khabarhub

जलेको घर हेर्दै राधिकाले भनिन् : सङ्ग्रहालय छोडेर जाने मन थियो, खरानी छोडेर जानु पर्ने भयो


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको घरको अवलोकन गरेकी छन् । शाक्यले नयाँ पुस्तालाई यो घर सङ्ग्रहालयको रुपमा छोडेर जाने बिचार भए पनि अब खरानी छोडेर जानु परेको बताइन् ।

उनले जलेका पुस्तकका खरानीको टिका लगाउँदै आफूले यहाँ पुस्तकहरु जतन गरेर राख्ने गरेको,अध्यक्ष ओलीलाई देश विदेशबाट दिइएका सम्मानपत्र तथा बहुमल्य बस्तुहरु समेत संग्राहलयको रुपमा सजाएर राखिएको उनले बताइन् ।

‘मलाई यो घर व्यवस्थापन गर्न छ महिना लाग्यो’ उनले भने, ‘एउटा कोठामा स्वदेशबाट प्राप्त सम्मान पत्र तथा मायाको चिनो र अर्को कोठामा चाइना,कम्बोडिया,भारत,भियतनाम,जापान लगायतका देशका प्रधानमन्त्रीहरुले दिएका अमूल्य सामानहरु दराजहरुमा थिए ।’

शाक्यले आगलागी भएको घरका विभिन्न कोठामा केके सामानहरु थिए भनेर सम्झना गरिन् । ‘यति मेरो पसिना र श्रम परेको छ नि’ भावुक हुँदै शाक्यले भनिन् ‘बालुवाटार हुँदा पनि म साता दश दिनमा यहाँ आएर सामान मिलाउने र सफाइ गर्ने काम गर्थें ।’

शाक्यले घर फेरी बनाउन सकिए पनि इतिहास फेरी बनाउन नसकिने बताइन् । जेनजी आन्दोलनका अराजक जत्थाले बालकोट स्थित अध्यक्ष केपी शर्मा ओलीका दुवै घर जलाएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ९ : २९ बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि