निर्वाचन आयोगमा जेन-जीको पार्टी : श्रीमान् अध्यक्ष, श्रीमती उपाध्यक्ष « Khabarhub

निर्वाचन आयोगमा जेन-जीको पार्टी : श्रीमान् अध्यक्ष, श्रीमती उपाध्यक्ष


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि नयाँ नयाँ दल दर्ता गराउने क्रम जारी छ ।

नयाँ दल दर्ता गराउनेमा बुद्ध एयरका मालिकदेखि सर्वसाधारणसमेत छन्।

सोमबार आयोगमा राष्ट्रिय जेन–जी पार्टी नामको राजनीतिक दल दर्ताका लागि निर्वाचन पुगेको छ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले दिएको जानकारी अनुसार  किरण विक (हिरा प्रसाद सेती) लाई अध्यक्ष राखेर दल दर्ताको निवेदन परेको हो । उक्त निवेदनलाई आयोगले ५३९ नम्बरमा दर्ता गरेको छ।

निवेदन दिएपछि विकले भनेका छन्, ‘जेन-जी क्रान्तिले देशभरका युवामा राजनीतिक चेतना आएको छ । त्यस चेतनालाई राजनीतिक पुँजीमा रूपान्तरण गर्दै आगामी निर्वाचनमार्फत् नयाँ नेतृत्वको आधार बनाउनुपर्ने भएको छ ।’

निवेदनमा उनीहरूले निर्वाचन चिह्न क्रस खुकुरी माग गरेका छन् । तर, उक्त चिन्ह परिवर्तनका लागि आयोगले सुझाएको छ ।

उक्त जेन–जी पार्टीको उपाध्यक्षमा मुना विक छिन् । उनी अध्यक्ष हिरा विककी पत्नी हुन् । महासचिवमा गोपाल आचार्य, सचिवहरूमा सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठलाई राखिएको छ ।

यो पार्टीमा रहेकामध्ये किरण जेन-जी आन्दोलनमा होमिएका युवक हुन् । उनी दलित अधिकार र युवा सशक्तीकरणको काममा पनि लागेका छ्न् ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  २ : २८ बजे

देउवा समूहको रिट दर्ता, प्रतिनिधि सभाको उम्मेदवारी दर्ताकै दिन सुनुवाइ गर्न पेशी

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

वालिङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून

काँक्रेविहार– कर्णाली प्रदेश सरकारको छ महिनामा १३ दशमलव ७४ प्रतिशत

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

नुक– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई