चार विकेट गुमाएपछि दबाबमा चितवन « Khabarhub

चार विकेट गुमाएपछि दबाबमा चितवन


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्सविरुद्धको खेलमा चितवन राइनोजले चार महत्वपूर्ण विकेट गुमाएको छ ।

यससँगै चितवनको ब्याटिङ संकटतिर धकेलिएको छ । १५ ओभरको दोस्रो बलमा चितवनले कप्तान कुशल मल्ललाई चौथो विकेटका रुपमा गुमाएको हो ।

उनी रुबेन ट्रम्पेलम्यानको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए । हाल चितवन १६ ओभरमा चार विकेटको क्षतिमा ९५ रनको दयनीय अवस्थामा छ । यसअघि रुबेनकै बलमा चितवनका ओपनर डेविड मलान आउट भएका थिए ।

अर्का ओपनर दीपक बोहोरा र ब्याटर देव खनालाई लुम्बिनीका अविषेक गौतमले आउट गराएका हुन् । आउट हुनेमध्ये सबैभन्दा बढी रन बनाउने कुशल हुन् । उनले १८ बलमा २१ रन जोडेका थिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर चितवनले पहिला ब्याटिङको निम्तो पाएको हो । चितपनका रवि बोपाराले ब्याटिङ उकास्ने प्रयास भने गरिरहेका छन् उनले अर्धशतक प्रहार गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ५ : १२ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग