आज २०८१ साल माघ ८ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल माघ ८ गते मंगलबारको राशिफल


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ ८ गते मंगलबार माघ कृष्ण पक्षको सप्तमी तिथि उपरान्त अष्टमी व्रत। तदनुसार सन् २०२५ जनवरी २१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। सहकार्य गर्दै गरेका साथीबाटै असहयोग हुने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानी फलदायी बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। धार्मिक क्षेत्रमा भने निरासा बढ्ने जोखिम छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृष : बोलीको प्रभावले राम्रो काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नुपर्ने दिन छ। उपचारकोक्रममा भए स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। साथीभाइसँग गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

मिथुन : धार्मिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। राज्यको माथिल्लो तहबाट सेवाको अवसर मिल्नेछ।

कर्कट : साथीभाइले असहयोग गर्नेछन्। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। सहकर्मीसँगको सल्लाह अनुसार अगाडि बढ्नु उचित हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने भएकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिन बिताउनु राम्रो हुनेछ।

सिंह : सञ्चित धन जम्मा गर्ने दिन छ। दाजुभाइसँग गरेको सहकार्यले मनमा हौसला बढ्नेछ। विपक्षी साथी शान्त भएकाले तपाईंको काम बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ।

कन्या : दिन राम्रो छ। आजको व्यवहारले दीर्घकालसम्म योजनामा साथ दिनेछ। स्वास्थ्यले साथ दिनेछ। काम गर्दै हुनुहुन्छ भने मनमा उत्साह बढ्नेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ।

तुला : शिक्षामा गरेको लगानीबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ। पुराना रोगले सताउने जोखिम छ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने समय छ। धार्मिक व्यक्तिसँग बोल्दा नम्रताको खाँचो देखिन्छ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

वृश्चिक : अढैया शनिको प्रकोपले सोचेको काममा अवरोध हुनसक्छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। व्यक्तिगत क्षमता बढ्नेछ। चिसोबाट हुने रोगबाट जोगिनु पर्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ।

धनु : दिन सहज छ। साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। स्वदेशमा भन्दा वैदेशिक क्षेत्रमा लगानी बढ्नेछ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। दाम्पत्य जीवनमा भने खटपटी हुनेछ।

मकर : अन्तिम साढेसाती दशा चलिरहेको छ। तपाईंले राम्रो बोले पनि साथीभाइले आलोचना गर्ने जोखिम बढ्नेछ। शुभ ग्रहले साथ दिएकाले निष्पक्ष निर्णयबाट पछाडि नहट्नु राम्रो हुनेछ। शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारमा भने शंका बढ्नेछ।

कुम्भ : मध्यसाढेसाती दशा छ। उदयशुक्र तपाईंको लग्नमा पुगेकाले धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। बौद्धिक ज्ञान प्राप्त हुनेछ। गुरुसँग बोल्दा नम्र बन्नुपर्नेछ। शिक्षाको लगानीमा मेहनतको आवश्यकता देखिन्छ।

मीन : खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। व्यक्तित्वमा निखार ल्याउन कर्मनिष्ठ बन्नुपर्ने दिन छ। बन्धुसँगको सहकार्यबाट फाइदा हुनेछ। गणेशलाई बिहान उठेर दूबो अर्पण गर्न सकेमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ५ : ०१ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ