रित्तो गाग्री प्रहरीले लगेपछि खाली हात सिंहदरबार छिरे धरानका मेयर « Khabarhub

रित्तो गाग्री प्रहरीले लगेपछि खाली हात सिंहदरबार छिरे धरानका मेयर


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वर्षौँदेखि खानेपानी अभाव टार्न दबाबका लागि काठमाडौं आइपुगेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सिंहदरबार छिरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न भन्दै मेयर साम्पाङ मंगलबार सिंहदरबारमा पसेका हुन् ।

पटक पटक धरानमा पानी ल्याउन खानेपानी मन्त्रालयलाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको गुनासो मेयर साम्पाङले गरे ।

धरानमा खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न सरकारलाई दबाब दिन काठमाडौं आउनु परेको मेयर साम्पाङले बताए।

धरानका जनताको खानेपानीको दीर्घकालीन व्यस्थापन नभएसम्म सरकारलाई घच्घच्याउने उनले बताए ।

मेयर साम्पाङ रित्तो गाग्रीसहित प्रवेश गर्न सक्ने भन्दै सिंहदरबार दक्षिण गेटमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

धरानमा खानेपानीको समस्या रहेको भन्दै साम्पाङ रित्तो गाग्रीसहित सोमबार काठमाडौं आइपुगेका थिए । तर साम्पाङले ल्याएको रित्तो गाग्री प्रहरीले लगेको छ।

प्रहरीले रित्तो गाग्री लगेपछि मेयर साम्पाङ खाली हात सिंहदरबार छिरेका हुन् । धरानको खानेपानी संकट टार्न सप्तकोशीबाट लाने आयोजनाका लागि केन्द्र सरकारले बजेट दिनुपर्ने माग साम्पाङको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १२ : २८ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु