महतो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ता, चुनाव चिह्न ग्यास सिलिन्डर « Khabarhub

महतो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ता, चुनाव चिह्न ग्यास सिलिन्डर


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजेन्द्र महतो अध्यक्ष रहने गरी गठन गरिएको राष्ट्रिय मुक्ति पार्टी नेपाल पार्टी मंगलबार निर्वाचन आयोगमा दर्ता भएको छ । गत ९ कात्तिकमा परेको निवेदनको छानबिनपछि आयोगले महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाललाई मान्यता दिएको हो ।

पार्टीका नेता केशव झाका अनुसार राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ता भएको छ । झाका अनुसार माछा चुनाव चिह्न माग्दै निवेदन गरिएकोमा आयोगले ग्यास सिलिन्डर तोकिदिएको छ । महतोले १७३ जना केन्द्रीय सदस्य कायम गर्दै दल दर्ताका लागि निवेदन दिएका थिए ।

यो दललाई गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डासमेत प्रदान गरिएको छ।

दल दर्ता नं. २०१ कायम भएको झाले बताएका छन् । स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्त बमोजिम पार्टी आगाडि बढ्ने पनि झाले बताएका छन् ।

२०८० फागुन महतोले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गर्दै राष्ट्रिय मुक्ति अभियान सञ्चालन गरेका थिए।

महतोले यसअघि सद्भावना पार्टी (आनन्दीदेवी), राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीमा रहेर राजनीति गरिसकेका छन् । उनी पटक–पटक मन्त्री भइसकेका छन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ५ : ०० बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था