‘प्रिय ट्रम्प हामीलाई हाम्रो देश राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद’ « Khabarhub

‘प्रिय ट्रम्प हामीलाई हाम्रो देश राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद’

ट्रम्पलाई बालेनको सुझाव- डिभी भिसा बन्द गर्नुहोस्


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देश राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद दिएका छन्।

नेपालमा अमेरिकाले गरेको सहयोगलाई ट्रम्पले ठगी भनेपछि त्यसको जवाफ दिँदै बालेनले सामाजिक सञ्जालमार्फत् यस्तो भनेका हुन्। बालेनले ट्रम्पलाई हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएको भन्दै धन्यवाद दिएका हुन्।उनले अमेरिकीले देश बनाउन नसक्ने भन्दै अल्छी मानिसलाई बाँकी संसार चाहिने कुरा बुझ्न ट्रम्पलाई सुझाव दिए।

शाहले लेखेका छन्, ‘हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो भएको आभास गराइदिनु भएकोमा धन्यवाद। हाम्रा मान्छेले देश छाडी रहेका कारण नै हामी गरिब भएका हौँ,’ उनले अगाडि लेखेका छन् ‘तपाईंहरू गरिब हो किनकि तपाईंका अल्छी नागरिकले आफ्नो देश बनाउन सकेनन्। यस कारण तपाईंहरूलाई यसका लागि संसारका मानिसको आवश्यकता परेको हो।’

बालेनले डिभी भिसा बन्द गर्न अनुरोध गरेका छन्। बाँकी संसारलाई प्रतिबन्ध लगाउँदै अघि बढ्ने मौका दिनुपर्ने उनको मत छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : १४ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा