आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस « Khabarhub

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरूकता, संस्कृति विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तर्राष्ट्रिय समझदारीलाई प्रवर्द्धन गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।

सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो ।  यद्यपि संयुक्त राष्ट्रसङ्घको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको हो ।

आज भाषाहरूले विकास, सांस्कृतिक विविधता र अन्तर सांस्कृतिक संवाद सुनिश्चित गर्न पेरिसस्थित युनेस्कोको प्रधानकार्यालयमा ‘प्राविधिक संवाद, उच्चस्तरीय छलफल सत्र र सांस्कृति प्रदर्शन’ लगायत विविध कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस रजत जयन्ती समारोह मनाइँदै छ । 

युनेस्कोका अनुसार उक्त समारोह  सबैका लागि गुणस्तरीय शिक्षा, समावेशी समाज निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने,  दिगो विकासमा विज्ञान र प्रविधिको उपयोग एवं बहुभाषिकता र बहुसांस्कृतिकता प्रवर्द्धनमा केन्द्रित हुनेछ । 

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : १३ बजे

भरतपुर आँखा अस्पतालको सेवा सर्लाहीको हरिपुर्वामा पनि

सर्लाही– नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज सदस्यले धारणा राख्ने, समय तीन मिनेट

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

डाटा सेन्टरको समस्या समाधान, शेयर कारोबार सञ्चालन हुने

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा

झापामा भदौ महिनामा २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति

झापा– झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई