च्याम्पियन्स ट्रफी: गिलको शतकमा भारतको विजयी सुरुवात « Khabarhub

च्याम्पियन्स ट्रफी: गिलको शतकमा भारतको विजयी सुरुवात


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

यूएई – च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ। बिहीबार भएको दिवा रात्रि खेलमा भारतले बङ्गलादेशलाई ६ विकेटले हराएको हो।

बङ्गलादेशले दिएको २२९ रनको लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेटको क्षतिमा २३१ रनको योगफल खडा गरेको हो।

भारतका लागि शुभमन गिलले १०१ न जोडे। कप्तान रोहित शर्मा र केएल राहुलले समान ४१-४१ रन जोडे। गिल खेलको म्यान अफ द म्याच बने।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले २ बाल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै २२८ रनको योगफल खडा गरेको हो।

खराब सुरुवात गरेको बङ्गलादेशका लागि तोहिद ह्दोयले १०० रन प्रहार गरे। खराब सुरुवात गरेको बङ्गलादेशले ३५ रनमा नै ५ विकेट गुमाएका थियो। ह्दोय र जाकर अलीले छैटौँ विकेटका लागि १५४ रनको साझेदारी गरे। अलीले ६८ रन जोडे।

भारतका मोहम्मद सामीले १० ओभरमा ५३ रन खर्चेर ५ विकेट लिए। हर्षित रानाले ७.४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए। अक्षर पटेलले ९ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : ४८ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी