ओली क्याबिनेटमा ‘असफल’ सूचीमा परेका भौतिकमन्त्रीको गुनासो- प्रधानमन्त्री कार्यालयले मेरो कामको मूल्याङ्कन गर्न जानेन « Khabarhub

ओली क्याबिनेटमा ‘असफल’ सूचीमा परेका भौतिकमन्त्रीको गुनासो- प्रधानमन्त्री कार्यालयले मेरो कामको मूल्याङ्कन गर्न जानेन


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री दाहालले आफ्नो मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कन नजिताप्रति असन्तुष्टि जनाउँदै यसो भनेका हुन् । दाहालले आफ्नो नेतृत्वमा विभिन्न कामले गति लिए पनि प्रधानमन्त्रीको कार्यालयले मूल्याङ्कन गर्न नजानेको गुनासो गरे ।

उनले प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्ने बताउँदै आफूलाई सबैभन्दा थोरै नम्बर दिएकोमा पनि गुनासो गरेका छन् । उनी वर्तमान क्याबिनेटमा सबैभन्दा कम नम्बरसहित फेल हुने मन्त्रीमा दरिएका छन् ।

उनले पत्रकार सम्मेलनमा मन्त्रालयका १९ वटा आयोजनामध्ये ८ वटा सुरु हुन लागेको, ३ वटा सम्पन्न भइसकेको र ८ वटा जारी रहेको अवस्थामा रहेकाले मन्त्रालयको प्रगति ५० प्रतिशतमाथि रहेको बताए । मन्त्री दाहालले ग्वार्को फ्लाइओभरको ८२ प्रतिशत काम सम्पन्न भइसकेको र सम्पन्न हुने चरणमा रहेको बताए ।

विभिन्न राजमार्ग निर्माणको काम पनि द्रुत गतिमा अघि बढिरहेको उनको भनाइ छ । मन्त्री दाहालले यातायात नीति अन्तिम चरणमा पुगेको र प्रदेशको सुझावका आधारमा आवश्यक कानून सदनमा लैजाने जानकारी दिए ।

समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवम् मातहतका निकाय/आयोजनाको पुँजीगत बजेटको कार्य प्रगति(अर्धवार्षिक)को बारेमा छलफल गरेको हो । 

संघीय सरकारका मन्त्रालयहरूले आर्थिक वर्षको पहिलो ६ महिनामा सम्पन्न गरिसक्नुपर्ने कामको हिसाबले भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल सबैभन्दा कमजोर देखिएका थिए । उनलाई दिइएको नम्बरअनुसार उनी असफल मन्त्रीको सूचीमा छन् ।

उनी नेतृत्वको मन्त्रालयले ७.९ प्रतिशत काम मात्र सम्पन्न गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको थियो । उनीपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले १०.७ प्रतिशत र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले १५.३ प्रतिशत मात्रै अंक ल्याए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ३ : ५७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा