ओली क्याबिनेटमा ‘असफल’ सूचीमा परेका भौतिकमन्त्रीको गुनासो- प्रधानमन्त्री कार्यालयले मेरो कामको मूल्याङ्कन गर्न जानेन « Khabarhub

ओली क्याबिनेटमा ‘असफल’ सूचीमा परेका भौतिकमन्त्रीको गुनासो- प्रधानमन्त्री कार्यालयले मेरो कामको मूल्याङ्कन गर्न जानेन


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री दाहालले आफ्नो मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कन नजिताप्रति असन्तुष्टि जनाउँदै यसो भनेका हुन् । दाहालले आफ्नो नेतृत्वमा विभिन्न कामले गति लिए पनि प्रधानमन्त्रीको कार्यालयले मूल्याङ्कन गर्न नजानेको गुनासो गरे ।

उनले प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्ने बताउँदै आफूलाई सबैभन्दा थोरै नम्बर दिएकोमा पनि गुनासो गरेका छन् । उनी वर्तमान क्याबिनेटमा सबैभन्दा कम नम्बरसहित फेल हुने मन्त्रीमा दरिएका छन् ।

उनले पत्रकार सम्मेलनमा मन्त्रालयका १९ वटा आयोजनामध्ये ८ वटा सुरु हुन लागेको, ३ वटा सम्पन्न भइसकेको र ८ वटा जारी रहेको अवस्थामा रहेकाले मन्त्रालयको प्रगति ५० प्रतिशतमाथि रहेको बताए । मन्त्री दाहालले ग्वार्को फ्लाइओभरको ८२ प्रतिशत काम सम्पन्न भइसकेको र सम्पन्न हुने चरणमा रहेको बताए ।

विभिन्न राजमार्ग निर्माणको काम पनि द्रुत गतिमा अघि बढिरहेको उनको भनाइ छ । मन्त्री दाहालले यातायात नीति अन्तिम चरणमा पुगेको र प्रदेशको सुझावका आधारमा आवश्यक कानून सदनमा लैजाने जानकारी दिए ।

समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवम् मातहतका निकाय/आयोजनाको पुँजीगत बजेटको कार्य प्रगति(अर्धवार्षिक)को बारेमा छलफल गरेको हो । 

संघीय सरकारका मन्त्रालयहरूले आर्थिक वर्षको पहिलो ६ महिनामा सम्पन्न गरिसक्नुपर्ने कामको हिसाबले भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल सबैभन्दा कमजोर देखिएका थिए । उनलाई दिइएको नम्बरअनुसार उनी असफल मन्त्रीको सूचीमा छन् ।

उनी नेतृत्वको मन्त्रालयले ७.९ प्रतिशत काम मात्र सम्पन्न गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको थियो । उनीपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले १०.७ प्रतिशत र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले १५.३ प्रतिशत मात्रै अंक ल्याए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ३ : ५७ बजे

एमाले अब संसद् पुनःस्थापनाको एजेण्डासँगै निर्वाचनमा केन्द्रित हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं‍- निवर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेकपा एमालेको एघारौँ महाधिवेशनबाट उपाध्यक्षमा

नवजात शिशुको उपचारका क्रममा ज्यान गएको घटनाबारे भेरी अस्पताल अस्पतालको स्पष्टीकरण

काठमाडौं– चिकित्सकको लापरबाहीका कारण समयमै उपचार नपाउँदा नवजात शिशुको मृत्यु

अनलाइन घोटालाविरुद्ध विश्वव्यापी पहल

बैङ्कक– अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर