स्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक ‍ « Khabarhub

स्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक ‍


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यपालिका सार्वजनिक गरेको छ । विश्वद्याविलयले शुक्रबार आगामी चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचनको कार्यपालिका सार्वजनिक गरेको हो ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले फागुन १९ गतेदेखि चैत ५ गतेसम्मको निर्वाचन कार्यपालिका बनाएको छ । तालिकामा फागुन १९ गते दिउँसो ३ बजेसम्म संघ/संगठन/समूह दर्ता गर्ने अन्तिम समय तोकिएको छ । 

निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते मतदाता सूची प्रकाशित हुने, फागुन २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने र मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी बेलुकी ५ बजे अन्तिम नामावली प्रकाशित गरिने छ । 

यो पनि पढ्नुहोस् : नजिकियो स्ववियु निर्वाचन : के गर्दै छन् विद्यार्थी संगठन ?

फागुन २७ गते प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय तोकिएको छ । त्रिविले प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म निर्धारण गरेको छ । 

निर्वाचन तालिकाअनुसार चैत २ गते राति १२ बजेपछि मौन अवधि सुरु हुनेछ । मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : १५ बजे

चेन्नाईलाई हराउँदै हैदरावाद आईपीएल तालिकाको तेस्रो स्थानमा

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा

डलरको मूल्य १५४ नाघ्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ