वायु सेवा सञ्चालक संघले भन्यो : इयुले कालो सूचीबाट नहटाए विकल्प खोज्नुपर्छ « Khabarhub

वायु सेवा सञ्चालक संघले भन्यो : इयुले कालो सूचीबाट नहटाए विकल्प खोज्नुपर्छ


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वायु सेवा सञ्चालक संघले ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपेली हेलिकप्टर आयातमा प्रतिबन्ध’ लगाएको बारे प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार साँझ एक विज्ञप्ती जारी गर्दै प्राधिकरणले नेपाली बजारमा ९० प्रतिशत भन्दा बढी बजार हिस्सा युरोपेली वायुयानहरुको हुनुका साथै जहाज, पार्टपुर्जा तथा तालिमबापत वार्षिक अरवौं रुपैयाँ युरोपियन कम्पनीहरु सँग कारोबार भई रहेको समेत जानकारी दिएको छ ।

साथै युरोपियन युनियनको कालो सूचीबाट हट्नका लागि निर्दिष्ट गरे अनुसारको कार्य गरी विभिन्न चरणहरु पार गरेतापनि हालसम्म नहटाएको विज्ञप्तीमा उल्लेख गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, सदस्य वायुसेवा कम्पनीहरु तथा अन्य सरोकार निकायहरु नेपाललाई ईयूको कालो सूचीबाट हटाउन काम गरिरहेको बताइएको छ ।

अथक प्रयासको बाबजुद पनि युरोपियन यूनियनको कालो सूचीमा निरन्तरता पाएको खण्डमा नेपाल सरकार तथा प्राधिकरणले हालको विद्यमान नियमहरुमा समय साक्षेप परिवर्तन गरी नेपालको भौगोलिक सुहाउँदो आवश्यक वायुयानहरुको उचित पहिचान गरी वायुयान खरिद, मर्मतका लागि वैकल्पिक बजारहरुको हिस्सा विस्तार गर्ने विज्ञप्तीमा उल्लेख छ ।

यस्ताे छ विज्ञप्ती:

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ८ : ५१ बजे

प्रदेशको सत्ताबारे सहमति खोज्न छुट्टाछुट्टै छलफल गर्दै प्रचण्ड-ओली

काठमाडौं– प्रदेशको सत्ता समीकरण अगाडि बढाउन नेपाली कम्युनिस्ट पार्टीका संयोजक

समितिले थाल्यो कानुन कार्यान्वयन अवस्थाको अध्ययन

काठमाडौं- राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन

निर्णय खारेजीको माग गर्दै विरोधमा उत्रिए लोकसेवा तयारी गरिरहेका विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्

एनसेलको स्वामित्व विवाद टुंगिने अवस्थामा, सेयर हस्तान्तरण कानुन बमोजिम गर्न प्राधिकरणलाई अदालतको आदेश

काठमाडौं– सर्वोच्च अदालतले झन्डै तीन वर्षदेखि विवादमा रहेको एनसेलको स्वामित्व

माग पुरा नभए भोलीदेखि सत्याग्रह सुरु गर्छु : गोविन्द केसी 

काठमाडौं– चिकित्सा शिक्षा सुधार अभियानका अभियन्ता प्रा. डा.गोविन्द केसीले आफ्ना