मादी नदी लिफ्ट खानेपानी योजना अधुरै « Khabarhub

मादी नदी लिफ्ट खानेपानी योजना अधुरै


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको मादी नदी लिफ्ट खानेपानी योजना अधुरै रहेको छ । निर्माणमा संलग्न व्यवसायीको लापरवाहीका कारण उक्त योजना समयमै निर्माण गर्न नसकिएको हो । 

भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना निर्माण गर्न लागिएको हो । निर्माणको ठेक्का पाएको ‘पराजुली कन्स्ट्रक्सन’का सञ्चालक सतिश पराजुलीले निर्माण कार्य बाँकी छाडेर सम्पर्कविहीन भएपछि उक्त योजना सम्पन्न हुन नसकेको भादगाउँ खानेपानी तथा उपभोक्ता संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।

सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना  अघि बढाइएको थियो । विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी २०७९ भदौमा उक्त योजनाबारे सम्झौता भएको व्यवस्थापक श्रेष्ठले बताए। उक्त योजनाको हालसम्म करिब ८० प्रतिशत भौतिक प्रगति रहेको छ ।
    
‘तीन पटकसम्म योजना निर्माणको म्याद थप गरिसकेका छौँ”, उनले भने। व्यवस्थापक श्रेष्ठका अनुसार अमिलीभञ्ज्याङमा चार लाख लिटर क्षमताको रिर्जभ टयांकी निर्माण गरिएको छ । तर ५० हजार लिटर क्षमताको टयांकी निर्माण कार्य अधुरै छ । १९ करोडको लागतमा उक्त आयोजना निर्माण कार्य अघि बढाइएको हो । ‘निर्माणमा  ढिलाइ हुँदा पानी आपूर्तिमा कठिनाइ भएको छ’, उनले भने। व्यास–४ चुरेखोल्सीस्थित मादी नदीबाट पानी ल्याएर वडावासीलाई वितरण गर्न लागिएको हो । 
 
विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भएको हो । संस्थाले हालसम्म दुई हजार ६८० निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ । व्यास–१३ करादी खिरखादी मुहानबाट ल्याएर पानी वितरण गरिँदै आएको छ । सो क्षेत्रमा बस्ती विस्तार हुँदै गएपछि पानी अभाव भएको हो । उक्त अभाव पूरा गर्न वैकल्पिक खानेपानीको रूपमा मादी नदी लिफ्टिङ खानेपानी योजना निर्माण अघि बढाइएको व्यवस्थापक श्रेष्ठले बताए। 

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ५ : १६ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको