एनआरएनए एकता महाधिवेशनको तयारी तीव्र « Khabarhub

एनआरएनए एकता महाधिवेशनको तयारी तीव्र


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनआरएनए उच्चस्तरीय समितिले वैशाख २० गतेदेखि काठमाडौंमा हुने गैर आवासीय नेपाली संघ ( एनआरएनए) को एकता महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जनाएको छ ।  

एनआरएनए उच्चस्तरीय समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैशाख २० देखि २२ सम्म तय भएको एकता महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जनाएको हो । 

समितिले एकता महाधिवेशनमार्फत नयाँ कार्यसमिति निर्वाचित गर्नका लागि निर्वाचित समिति समेत गठन भइसकेको जनाएको छ । 

निर्वाचनलाई स्वच्छ, पारदर्शी र मर्यादित बनाउनका लागि संघका पूर्वअध्यक्ष तथा उच्चस्तरीय समिति समितिका सदस्य देवमान हिराचनको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरिएको एकता महाधिवेशन उच्चस्तरीय मूल समितिका सदस्य सचिव रबिना थापाले जानकारी दिइन् । 

एकता महाधिवेशनमा बढी भन्दा बढी एनआरएनहरूको सहभागिताका लागि निःशुल्क सदस्यताको व्यवस्था गरिएको र १६ हजार भन्दा बढिले सदस्यताका लागि आवेदन दिएको उनले बताइन् ।  

लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध गरी एकताको महाधिवेशन गराउने जिम्मेवारी सर्वोच्च अदालतको परमादेश अनुसार प्राप्त भएपछि शेष घलेको अध्यक्षतामा एनआरएनए उच्चस्तरीय समिति गठन गरिएको थियो । 

समितिले वैशाख २० देखि २२ सम्म एकता महाधिवेशन गर्ने मिति तय गरेको हो । एकता महाधिवेशन आयोजना गर्नका लागि विभिन्न उपसमिति गठन गरी तयारीको काम तीव्र गतिमा अगाडि बढिरहेको समितिले जनाएको छ । 

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : १२ बजे

बालेनलाई सघाउन गएका युवासंघका नेता २४ घण्टामै एमालेमा फर्किए

दमक– नेकपा एमाले परित्याग गरेर बालेन शाहको टिममा गएका एक

जनस्वास्थ्यको प्रमुख समस्या बन्दै सडक दुर्घटना, हरेक वर्ष औसत ५.४ प्रतिशतले बढ्दो 

काठमाडौं– नेपालका सडकहरू दिनानुदिन झन् असुरक्षित बन्दै गएका छन् ।

चिनी उद्योगको मेसिनमा च्यापिएर एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको

वीरगञ्ज नाका हुँदै ४८ अर्ब १० करोडको सामान निर्यात

वीरगञ्ज– पर्साको वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ४८

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात