सुत्केरी व्यथाले छट्पटिएकी महिलाको उद्धार गर्ने प्रहरी पुरस्कृत « Khabarhub

सुत्केरी व्यथाले छट्पटिएकी महिलाको उद्धार गर्ने प्रहरी पुरस्कृत


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीको गोदावरी नगरपालिका–१ मा सडकमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रशंसा पत्र र रेकर्डमा जानिने गरी पुरस्कृत गरेको हो ।

 कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणाले जवान देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेका हुन् । 

सम्मान कार्यक्रममा एसपी राणाले आफूले हरेक प्रहरी सम्मान होस् भन्ने चाहेको बताए । ‘हरेक प्रहरीले आफ्नो कार्यक्षेत्रमा यसरी नै पुरस्कृत भएको हेर्न चाहन्छु,’ उनले भने, ‘प्रहरीको व्यवहार र आचरणले सेवाग्राहीको मन जित्न सकिन्छ भन्ने उदाहरण हो ।’

एसपी राणाले प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छट्पटिरहेको अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसूति गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको बताए ।

प्रहरी जवान देउवाले मंगलबार गोदावरी नगरपालिका–१ को बसन्तपुरमा सडकमा छटपटाइरहेको अवस्थामा भेटिएकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसूति हुन सघाएकी थिइन् ।

देउवाकै सहयोगमा उनलाई सुरक्षित रूपमा अत्तरियास्थित पद्मा अस्पताल पुर्‍याएको थियो । देउवालाई सम्मान गर्दै एसपी राणाले संगठनमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत र गलत गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताए ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  १ : २७ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि