मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्न नेपालले गरेका प्रयासबारे स्वास्थ्यमन्त्री पौडेलद्वारा जानकारी « Khabarhub

मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्न नेपालले गरेका प्रयासबारे स्वास्थ्यमन्त्री पौडेलद्वारा जानकारी


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबैमा स्वास्थ्य पहुँचका लागि स्रोत र प्राथमिकता जोड्दै विश्वव्यापी सहकार्य आवश्यक रहेकामा जोड दिएका छन् । 

स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८ औँ विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले विद्यमान स्वास्थ्य चुनौतीले सामना गर्ने नवीन समाधानको खोजी गरिरहेको बताए ।  
      
मन्त्री पौडेलले महामारी नियन्त्रण पूर्वतयारीका लागि समतामूलक स्वास्थ्य सेवा र दह्रिलो विश्वव्यापी सहकार्य आवश्यक जनाउँदै महामारी नियन्त्रणका लागि सङ्गठनले गरेको सम्झौताको स्वागत गरे  । 
      
स्वास्थ्यमन्त्री पौडेलले नेपालले मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा तथा पोलियो उन्मुलनमा प्राप्त गरेको सफलताबारे विश्व समुदायलाई जानकारी गराएका छन् ।

नेपालले खोपको पहुँच विस्तारमा समेत प्रगति गरेको उल्लेख गर्दै उनले पोलियो उन्मूलनसँगै सबै तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको जानकारी दिए ।  

‘महिला सामाजिक स्वास्थ्य स्वयंसेविका तथा विद्यालय स्वास्थ्य कार्यक्रममार्फत सकारात्मक नतिजा प्राप्त गरेका छौँ’, मन्त्री पौडेलले भने, ‘सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा नेपालले पहल थालेको छ । यसले सकारात्मक नतिजा दिने विश्वास लिएका छौँ ।’
      
नेपालले स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको चर्चा गर्दै उनले निरोधात्मक स्वास्थ्य सेवा, महामारी पूर्वतयारी तथा डिजिटल स्वास्थ्यमा समेत जोड दिएको मन्त्री पौडेलले उल्लेख गरे ।
      
मन्त्री पौडेलले नेपालसामु बढिरहेको वृद्ध जनसङ्ख्या, न्यून जन्मदर, आन्तरिक बसाइँसराइ तथा नसर्ने रोग र मानसिक रोगजस्ता स्वास्थ्य चुनौती खडा भएकाले यसको सामनाका लागि विश्व समुदायसँग सहकार्यका लागि आग्रह गरे।

उनले जलवायु परिवर्तनका कारणसमेत नेपाली स्वास्थ्य क्षेत्र प्रभावित भएको प्रसङ्ग उठाउँदै अगाडि थपे, ‘जलवायु परिवर्तनका कारण हाम्रो स्वास्थ्य क्षेत्रमा गम्भीर असर छ । हामीले सगरमाथा संवादका माध्यमबाट विश्वको ध्यानाकर्षण गरायौँ ।’ 

मन्त्री पौडेलले जलवायु स्वास्थ्य विषयमा नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने समेत घोषणा गरे  । मन्त्री पौडेलले विभिन्न देशका उच्चस्तरीय स्वास्थ्य अधिकारीहरूसँग नेपालको स्वास्थ्य सेवा सुधारबारे सहकार्यको प्रस्ताव गर्दै वार्ता गरिरहेको स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । –रासस
 

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  २ : ३८ बजे

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल

हमलाको गल्ती नगर्न इरानले दियो अमेरिकालाई चेतावनी

काठमाडौं । इरानले आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी

महाधिवेशनमा जुट्यो कांग्रेस देउवा पक्ष, पौने आठ लाख क्रियाशीलको विवरण तयार

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि १५औं महाधिवेशनका लागि

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको