१८ वर्ष कटेका १९ हजार मतदाता थपिए « Khabarhub

१८ वर्ष कटेका १९ हजार मतदाता थपिए


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरेक वर्ष १८ वर्ष उमेर पुगेका मतदाताको नामावली अद्यावधिक गर्दै आएको निर्वाचन आयोगले ०८१ चैत मसान्तसम्म १८ वर्ष पूरा भएका मतदाताहरुलाई समेटेर अन्तिम नामावली प्रकाशन गरेको छ ।

आयोगको पछिल्लो तथ्यांकअनुसार नेपालको कुल मतदाता संख्या १ करोड ८१ लाख ४८ हजार ६५४ कायम भएको छ ।
उपनिर्वाचनअघि ०८१ कात्तिक २६ मा आयोगले प्रकाशित गरेको नामावलीमा पछिल्लो पाँच महिनामा १९ हजार ८२२ जना नयाँ मतदाता थपिएका छन् ।

आयोगका अनुसार पछिल्लो पाँच महिनामा एकजना तेस्रो लिंगी मतदाताको संख्या घटेको छ । कात्तिकमा देशभर १८७ जना तेस्रो लिंगी मतदाता थिए । चैत मसान्तसम्म आउँदा यो संख्या १८६ कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

पछिल्लो पाँच महिनाको अवधिमा ७ हजार ६९९ जना महिला मतदाता थपिएका छन् भने पुरुष मतदाताहरु १२ हजार १२४ जना थपिएका छन् ।

गत कात्तिकमा नेपालमा कुल मतदाता संख्या संख्या १ करोड ८१ लाख २८ हजार ८३२ थियो ।

निर्वाचन आयोगले अनलाइन प्रविधिबाटै मतदाता नामावलीमा नाम समावेश गर्न वा अद्यावधिक गर्न सकिने बताएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ५ : १० बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका