सहयोग र श्रमदानबाट खेलमैदान निर्माण « Khabarhub

सहयोग र श्रमदानबाट खेलमैदान निर्माण


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख सहयोग र श्रमदान जुटाएर खेलमैदान निर्माण गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा तीन लाख बजेट विनियोजन गरेको पाउद्धार माविको स्टेज र खेलमैदान ढलान योजना सहयोग र श्रमदान जुटाएर सम्पन्न भएको हो । उपभोक्ता समितिका सचिव हरिप्रसाद तिलिजाले पुरानो स्टेजलाई पुनर्निर्माण गर्नुका साथै खेलमैदान ढलान, बास्केटबलको फाइबर बोर्ड जडान, प्रवेशद्वार मर्मत सकिएको र प्यारापिट प्लास्टरको तयारी भएको जानकारी दिए ।

२८ मिटर लम्बाइ र १२ मिटर चौडाइ भएको बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने खेलमैदान ढलान गरेर पक्की बनाउनुका साथै बास्केटबलको फाइबर बोर्ड राखिएको छ । पाउद्धारको तीन वटा टोलका १३५ घरपरिवारले एक/एक दिनका दरले श्रमदान गरेका थिए ।

खेलमैदानको कुनातर्फ रहेको ३० मिटर लामो प्यारापिट प्लास्टर गर्न सिमेन्ट र बालुवा ढुवानी गरिएको छ । गाउँपालिकाबाहेक १६ लाख सहयोग जुटेको सचिव तिलिजाले बताए । पाउद्धार मावि परिसरको स्टेजमा विद्यालयको भवन नभएको अवस्थामा ४० वर्षअघि खरीले पाटीमा लेखेर पढाउने गरिएको थियो ।

स्टेज र खेलमैदान निर्माण भएपछि औपचारिक कार्यक्रम सञ्चालनका साथै खेलअभ्यास गर्न सहज भएको पाउद्धार माविका प्रअ हेमन्त तिलिजा पुनले बताए ।

३५ वर्षअघि म्याग्दी जिल्लामै पहिलोपटक ढलान गरिएको पाउद्धार माविको खेलमैदान पछिल्लो समय जीर्ण बनेको थियो । उक्त खेलमैदानमा पाउद्धारका प्रौढ, बालबालिका र किशोर किशोरीहरू हरेक साँझ समूह बनाएर भलिबल र बास्केटबल खेल अभ्यास गर्छन् । 

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ९ : ३० बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा