सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै  « Khabarhub

सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै 


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सुर्खेत–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक हस्तक्षेपविरुद्ध जनताको हस्ताक्षर कार्यक्रम सञ्चालन गरेको छ । वीरेन्द्रनगरको मंगलगढी चोकमा हस्ताक्षर संकलन कार्यक्रममा राखिएको हो । 

सहकारी ठगी मुद्दामा हाल पुर्पक्षका लागि थुनामा रहेका पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै जनताको हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको रास्वपा पार्टी सुर्खेतका अध्यक्ष रमेशकुमार सापकोटाले बताए । उनका अनुसार यो देशभरका सबै जिल्लामा हुने छ । 

‘देशमा सुशासन नभएको बेला हाम्रो पार्टीका सभापति लामिछानेमाथि सरकारले प्रतिशोध साँधेकोले यो हस्ताक्षर कार्यक्रम सञ्चालन गरेका हौं,’ उनले भने, ‘सरकारले सभापति प्रतिशोधपूर्ण व्यवहारविरुद्धको आन्दोलनमा जनताको साथ छ भन्नका लागि हस्ताक्षर अभियान चलाएको हौँ ।’

त्यस्तै, अध्यक्ष सापकोटाले भिजिट भिसा प्रकरणमा मुछिएका रमेश लेखकको राजीनामा माग्दै सडकदेखि सदनसम्मको आन्दोलन पनि शुरु भएको बताए ।

 ‘पार्टीको स्थापना दिवसका अवसरमा सडकदेखि सदनसम्मको आन्दोलन शुरु भएको छ,’ उनले भने, ‘देशमा सुशासन ल्याउनका लागि हाम्रो पार्टीले अथक प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १२ : ५७ बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा