इरानमा रहेका नेपालीको उद्धारमा सहयोग गर्न लागेकोप्रति भारतलाई धन्यवाद « Khabarhub

इरानमा रहेका नेपालीको उद्धारमा सहयोग गर्न लागेकोप्रति भारतलाई धन्यवाद


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले इरानमा रहेका नेपाली नागरिकको उद्धारमा सहयोग गर्न लागेको प्रति भारतलाई धन्यवाद दिएका छन् । 

प्रतिनिधिसभाको शनिबारको बैठकमा उनले इरानमा रहेका नेपालीलाई आफ्ना नागरिकसँगै उद्धार गर्न लागेको भन्दै भारत सरकारका प्रति आभार व्यक्त गरेका हुन् । 

‘आजमात्रै मैले एउटा समाचार पढेँ, भारत सरकारले इरानमा रहेका नेपाली नागरिकलाई भारतीयहरू सँगसँगै उद्धार गर्ने कुरा छ,’ सांसद श्रेष्ठले भने, ‘भारतीय सकारलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।’    

उनले इजरायल र इरानबीच जारी पछिल्लो युद्धमा नेपाली नागरिकका प्रति परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले तदारुकता देखाएको भन्दै धन्यवाद दिए । 

‘केही दिनदेखि इजरायल र इरानको युद्धका कारणले त्यहाँ रहेका नेपालीहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालय र परराष्ट्रमन्त्रीज्यूले जुन तदारुकताका साथ पहल गर्नुभएको छ, म हार्दिक धन्यवाद दिन चाहन्छु,’ सांसद श्रेष्ठले भने ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ३ : १३ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७