व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन « Khabarhub

व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित विद्यार्थीसँग जनप्रतिनिधि : बिचार विमर्श कार्यक्रममा लिङदेनले अहिलेको व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार व्याप्त भएको भन्दै व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य नहुने बताएका हुन् ।

अख्तियार लगायत राज्यका महत्वपूर्ण निकायमा प्रमुख राजनीतिक दलको भागबन्डाबाट पदाधिकारी नियुक्ति हुने गरेकाले उनीहरूबाट भ्रष्टाचारीलाई कारवाही हुने सम्भावना कम रहेको उनले बताए । लिङदेनले अहिलेको संविधान र व्यवस्था ल्याउने नेताहरूमा समेत समस्या रहेको धारणा राखे ।

अहिले मुलुकमा कहाँ भ्रष्टाचार छ भन्ने नभइ कहाँ भ्रष्टाचार छैन भन्ने अवस्था आएको उनको भनाइ छ । 

त्यस्तै लिङ्देनले मुलुक सङ्घीय संरचनामा गइसकेपछि जनप्रतिनिधिको सङ्ख्या धेरै भएको र उनीहरूलाई सुविधा दिन विदेशीसँग ऋण लिनुपर्ने अवस्था देखिएको जिकिर गरे । 

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ४ : ५८ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७