‘विदेशमा रहेका नेपालीलाई आपतकालीन उद्धार गर्न ‘र्‍यापिड एक्सन टिम’ बनाऔं’ « Khabarhub

‘विदेशमा रहेका नेपालीलाई आपतकालीन उद्धार गर्न ‘र्‍यापिड एक्सन टिम’ बनाऔं’


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  एमाले संसदीय दलकी सचेतक सुनिता बरालले विदेशमा कार्यरत नेपाली श्रमिकलाई आपतकालीन अवस्थामा उद्धारका लागि ‘र्‍यापिड एक्सन टिम’ बनाउन जरुरी देखिएको बताएकी छन् । 

प्रतिनिधिसभाको शनिबारको बैठकमा बरालले आगामी आर्थिक वर्ष ०८२-०८३ का लागि विनियोजित बजेटमाथिको छलफलमा सहभागी हुँदै परराष्ट्र मन्त्रालयमा त्यससम्बन्धी छुट्टै डेस्क स्थापना गर्न सुझाव दिइन् । आमनागरिकको सिधै पहुँच विदेशस्थित नेपाली नियोगहरुसँग नहुने भएकाले मन्त्रालयमै स्थायी संरचना बनाउनुपर्ने उनको भनाइ थियो ।

 ‘विभिन्न देशमा रहेका नेपाली वर्कर (श्रमिक) हरूलाई आपत परेका बेला उद्धार गर्न परराष्ट्र मन्त्रालयमै र्‍यापिड एक्सन टिम बनाउन जरुरी छ’, बरालले भनिन्, ‘एउटा सामान्य नागरिकका लागि नेपाल बाहिरका नियोगहरूमा सिधै सम्पर्क गर्ने कुरा पनि असम्भव छ  । ‘र्‍यापिड एक्सन टिम’ बनाउने र त्यसले असहजताको अवस्थामा नेपालीलाई सहजीकरण गरेर उद्धार गर्ने कुरामा मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’ 

परराष्ट्र मन्त्रालयले मुलुकको पहिचान प्रतिबिम्बित गर्ने भन्दै उनले मन्त्रालयको संस्थागत सूचना संयन्त्र कमजोर रहेको बताइन् । छिमेकी मित्रराष्ट्रसहित विभिन्न मुलुकसँगको सम्बन्धलाई प्रभावकारी बनाउन संस्थागत मेमोरी राख्ने प्रणालीको विकास जरुरी रहेको उनले बताइन् ।

 ‘मन्त्री वा सरकार फेरिँदै पिच्छे संस्थागत मेमेरो नष्ट हुने कुराले विदेश सम्बन्धलाई प्रभावित गर्छ’, उनले भनिन्, ‘इन्टिच्युशनल मेमेरी’ मुलुकका लागि अत्यन्तै जरुरी छ ।’ 

बरालले विदेशी डायस्पोराका नेपालीसँगको सहकार्यलाई परराष्ट्र मन्त्रालयले ध्यान नदिएको भन्दै  गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत नेपालीका सङ्घसंस्थासँगको सम्बन्ध जीवन्त बनाउनुपर्नेमा जोड दिइन् । 

फरक प्रसङ्गमा बरालले नेपाल आगामी वर्षबाट नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि हाल विभिन्न क्षेत्रमा आइरहेका वैदेशिक सहायता रोकिने भएकाले नेपालमै श्रोतको व्यवस्थापन खोज्न अहिल्यैदेखि काम गर्न सरकारको ध्यानाकर्षण गराइन् । यस्तै उनले नेपालको विदेश नीति असंलग्नताको सिद्धान्त र ‘सफ्ट पावर डिप्लोमेसी’ को मान्यताका आधारमा अघि बढेकाले ‘कल्चरल’ र ‘टुरिज्म’ कूटनीतिमा जोड दिनुपर्ने उल्लेख गरिन् । 

बरालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विश्वबजारको आवश्कताअनुसारको प्रतिस्पर्धी र दक्ष बनाउन र विदेशमा काम गरेर फर्किएका (रिटर्नी) हरूलाई एकीकृत रुपमा लगानी गरी उद्यमशीलता र रोजगारी सृजना गर्ने काममा लगाउनुपर्ने बताइन् ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ६ : ३७ बजे

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

काठमाडौँ– प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका–११ का सेफ सन्तोष साहलाई बैंकिङ

धर्तीको वैकुण्ठ : दामोदर कुण्ड

एउटा भनाइ छ, ‘हरेक तीर्थ बारबार दामोदर कुण्ड एकबार ।’

नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ– बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

बाँके– पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रको रूपमा रहेको नेपालगञ्जस्थित भेरी