ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक छ : सभापति देउवा « Khabarhub

ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक छ : सभापति देउवा


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पाटन– पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक भएको बताए । 

ब्रिटिसगोर्खा नागरिक निरन्तरता अभियान समितिद्वारा आज ललितपुरमा आयोजित वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञावालीद्वारा लिखित सुगौली सन्धि र नेपालमा नागरिकताः ब्रिटिसगोर्खा वंशजको नागरिकता निरन्तरता पुस्तक विमोचन कार्यक्रममा उनले ब्रिटिसगोर्खा सैनिकको साहस, मेहनत, प्रतिबद्धता र अनुशासनको विश्वभर  प्रशंसा हुने गरेको बताए । 

‘गोर्खा सैनिकले प्रथम तथा दोस्रो विश्वयुद्धमा बहादुरीका साथ लडाइँ लडी बेलायत सरकारलाई ठूलो सहयोग पुऱ्याएका थिए, आज पनि नेपाली ब्रिटिस सेनामा सेवा गरिरहेका छन्, आज नेपाल र बेलायतबीचको एउटा महत्वपूर्ण सम्बन्धको रूपमा गोर्खा फौज स्थापित भएको छ ‘ सभापति देउवाले भने।

उनले ब्रिटिसगोर्खा सैनिकले समान पेन्सनलगायत आफ्ना अधिकारका विषयमा आवाज उठाउँदै आएका बताउँदै उनले ब्रिटिसगोर्खा सैनिकलाई बेलायती सैनिक सरह सुविधा दिनुपर्छ भन्ने नेपाल सरकारको धारणा बेलायतका अधिकारीहरुसँग आफूले राखेको जानकारी गराए।

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले विश्वको परिस्थितिअनुसार नेपालको नागरिकता दिने व्यवस्थालाई उचित व्यवस्थापन गरिनुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपालमा बाबुको नामबाट मात्रै नभएर बच्चाले चाहेअनुसार बाबुआमाको नामबाट नागरिकता लिन सक्ने व्यवस्था भएको बताए।

पुस्तकका लेखक ज्ञवालीले ब्रिटिसगोर्खामा भर्ना भई त्यस देशको मानार्थ नागरिक भएका आधारमा नेपालको वंशजको नागरिकताबाट उनीहरूलाई वञ्चित गरिन हुँदैन भने ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ६ : ५१ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७