ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा आठ जनाको मृत्यु « Khabarhub

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा आठ जनाको मृत्यु


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

साओ पाउलो – ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी ब्राजिलमा २१ जना यात्रु बोकेको ‘हट एअर बेलुन’मा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको बताएका छन् ।

गभर्नर जोर्गिन्हो मेलोले भने, “बेलुन दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने १३ जनालाई घाइते अवस्थामा उद्धार गरिएकबो छ ।”

ब्राजिलको टेलिभिजनमा प्रसारण गरिएका भिडियोमा समुद्रतटीय शहर प्रैया ग्रान्डेमाथि बेलुनमा आगो लागेपछि जमिनमा खसिरहेको क्षण देखाइएको छ । बेलुन आकाशमा रहेका समय मौसम राम्रो थियो ।

करिब दुई दर्जन यात्रु बोकेको बेलुन दर्जनौं मिटर माथि आकाशबाट जमिनमा बजारिन पुगेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।

एटलान्टिक तटमा रहेको प्रैया ग्रान्डे ब्राजिलको हट एअर बेलु्नको सहायतामा आकाशमा साहसिक यात्रा गर्नका लागि एक लोकप्रिय गन्तव्य हो ।

केही दिनमै देशमा भएको यो दोस्रो घातक बेलुन दुर्घटना हो । एक साताअघि दक्षिणपूर्वी साओ पाउलो राज्यमा बेलुन सवारीका क्रममा एक महिलाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ९ : ०४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि