पर्यटन नीति, २०८२ जारी : पर्यटनको विकासदेखि स्वरोजगार पैदा गर्नेसम्मको उद्देश्य  « Khabarhub

पर्यटन नीति, २०८२ जारी : पर्यटनको विकासदेखि स्वरोजगार पैदा गर्नेसम्मको उद्देश्य 


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पर्यटन नीति, २०८२ जारी गरेको छ । पर्यटन नीति, २०६५ लाई विस्थापित गर्दै सरकारले सो नीति ल्याएको हो ।

राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने लक्ष्यका साथ सो नीति ल्याइएको उल्लेख छ । पर्यटकीय वस्तुको पहिचान, विकास, प्रवद्र्धन र विविधिकरण, गुणस्तरीय र सुरक्षित पर्यटन पूर्वाधार तथा सेवाको विकास, दिगो र उत्थानशील पर्यटन विकास, पर्यटन क्षेत्रमा शासकीय दक्षता सुधार र पर्यटन प्रवद्र्धनमार्फत् स्वरोजगारको अवसर सिर्जना गर्नु पर्यटन नीतिको उद्देश्य रहेको नीतिमा उल्लेख छ ।

साथै, सरकारले नयाँ पर्यटन नीतिमार्फत् नेपालको भौगोलिक, प्राकृतिक, सामाजिक तथा सांस्कृतिक विविधतालाई उपयोग गर्दै उदीयमान एवं विद्यमान पर्यटकीय वस्तु तथा गन्तव्यको पहिचान, विकास, विस्तार र विविधीकर गरिने नीति लिएको छ ।

उपयुक्त प्रविधि र माध्यमको उपयोग गरी पर्यटकीय वस्तुहरूको प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिने, गुणस्तरीय एवं बहुपक्षीय पूर्वाधार विकासका लागि सार्वजनिक, निजी तथा वैदेशिक लगानी प्रवद्र्धन गरिने र पर्यटन सेवा पहुँच वृद्धि गर्न हवाई सेवालाई थप सुरक्षित, व्यवस्थित र नियमित बनाइ पर्यटन स्रोत बजारमा सेवा विस्तार गरिने विषय नीतिमा उल्लेख छ ।

त्यस्तै, पर्यटकीय गतिविधिलाई वातारणमैत्री, समतामूलक र जिम्मेवार पर्यटनको विकास तथा पवद्र्धन गरिने, पर्यटन सम्बद्ध कानुन र नीतिलाई समयानुकुल बनाउँदै समन्वय र क्षमता विकासमा जोड दिइने र पर्यटन व्यवसायबाट रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्ने विषय नीतिमा उल्लेख छ ।

सरकारले पर्यटन नीति, २०६३ ले निर्धारण गरेका १६ वटा नीतिमध्ये २ वटा नीतिको मात्रै पूरा कार्यान्वयन गरेको थियो । त्यस्तै, ३ वटा नीति ६० देखि ६५ प्रतिशत, ६ वटा नीति ३० देखि ४५ प्रतिशत, ४ वटा नीति २७ प्रतिशत भन्दा कम र एउटा नीतिको कार्यान्वयन नभएको अवस्था छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ३ : ३६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका