‘माग्ने राजा’मा मिस पबी : अनुबन्ध हुँदा हाइलाइट, प्रचार सामाग्रीमा खोजी « Khabarhub

‘माग्ने राजा’मा मिस पबी : अनुबन्ध हुँदा हाइलाइट, प्रचार सामाग्रीमा खोजी


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केदार घिमिरे र वर्षा सिवाकोटी शीर्ष भूमिकामा रहेको फिल्म ‘माग्ने राजा’को प्रचार सामाग्रीमा मिस पबीको खोजी भइरहेको छ ।

ललितपुरको पुलचोकको एक फिल्म हलमा शुक्रबार फिल्मको गीत सार्वजनिक कार्यक्रममा अनुपस्थित भएपछि मिस पबीको खोजी भयो ।

उनी फिल्ममा अनुबन्ध गर्दा निर्माण पक्षले मुख्य कलाकारलाई जत्तिकै महत्त्व दिएको थियो । फिल्मको पोस्टर, टिजर र गीत सार्वजनिक हुँदासम्म उनको उपस्थिति कतै देखिँदैन ।

न प्रचार सामाग्रीमा मिस पबी छन् न कार्यक्रमहरुमा नै उनी उपस्थित छन् । उनको खोजी हुनुको कारण अर्को पनि छ ।

फिल्म छायाङ्कनका क्रममा बाहिरिएको गसिप, ‘अभिनय गर्न नसकेका कारण उनको भूमिका छोट्याइएको छ ।’

उनको अनुउपस्थितिले कतै उनी फिल्मबाटै त बाहिरिइनन् ? शंका उत्पन्न भएको छ ।

गीत रिलिज कार्यक्रममा यो प्रश्न निर्देशक ऋषि लामिछानेलाई सोधिएको थियो ।

उनले मिस पबीलाई फिल्मबाट निकालिएको चर्चा झुटो भएको दाबी गरे ।

उनले भने, ‘कसरी हल्ला फैलियो थाहा भएन । मैले फिल्मबाट निकालेको छैन । उहाँको अभिनय छ । प्रचार सामाग्रीमा मात्रै उहाँ नअटाएको हो ।’

भूमिका छोट्याएको विषयमा निर्देशक लामिछाने बोल्न चाहेनन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : ०७ बजे

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको