‘माग्ने राजा’मा मिस पबी : अनुबन्ध हुँदा हाइलाइट, प्रचार सामाग्रीमा खोजी « Khabarhub

‘माग्ने राजा’मा मिस पबी : अनुबन्ध हुँदा हाइलाइट, प्रचार सामाग्रीमा खोजी


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केदार घिमिरे र वर्षा सिवाकोटी शीर्ष भूमिकामा रहेको फिल्म ‘माग्ने राजा’को प्रचार सामाग्रीमा मिस पबीको खोजी भइरहेको छ ।

ललितपुरको पुलचोकको एक फिल्म हलमा शुक्रबार फिल्मको गीत सार्वजनिक कार्यक्रममा अनुपस्थित भएपछि मिस पबीको खोजी भयो ।

उनी फिल्ममा अनुबन्ध गर्दा निर्माण पक्षले मुख्य कलाकारलाई जत्तिकै महत्त्व दिएको थियो । फिल्मको पोस्टर, टिजर र गीत सार्वजनिक हुँदासम्म उनको उपस्थिति कतै देखिँदैन ।

न प्रचार सामाग्रीमा मिस पबी छन् न कार्यक्रमहरुमा नै उनी उपस्थित छन् । उनको खोजी हुनुको कारण अर्को पनि छ ।

फिल्म छायाङ्कनका क्रममा बाहिरिएको गसिप, ‘अभिनय गर्न नसकेका कारण उनको भूमिका छोट्याइएको छ ।’

उनको अनुउपस्थितिले कतै उनी फिल्मबाटै त बाहिरिइनन् ? शंका उत्पन्न भएको छ ।

गीत रिलिज कार्यक्रममा यो प्रश्न निर्देशक ऋषि लामिछानेलाई सोधिएको थियो ।

उनले मिस पबीलाई फिल्मबाट निकालिएको चर्चा झुटो भएको दाबी गरे ।

उनले भने, ‘कसरी हल्ला फैलियो थाहा भएन । मैले फिल्मबाट निकालेको छैन । उहाँको अभिनय छ । प्रचार सामाग्रीमा मात्रै उहाँ नअटाएको हो ।’

भूमिका छोट्याएको विषयमा निर्देशक लामिछाने बोल्न चाहेनन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : ०७ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म