नेपालको पोष्टमा बंगलादेशको चार गोल « Khabarhub

नेपालको पोष्टमा बंगलादेशको चार गोल


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गतको खेलमा बंगलादेशसँग खेलिरहेको नेपाल ४–० ले पछि परेको छ ।

बंगलादेशको राजधानी ढाकाको बसुन्धरा किङ्स एरिनामा भइरहेको खेलको पहिलो हाफमा एक गोल गरेको बंगलादेशले दोस्रो हाफमा तीन गोल थपेको हो ।

घरेलु मैदानमा भइरहेको खेलमा बंगलादेशी टोलले सुरूवाती अग्रता लिएको छ । बंगलादेशका लागि चारै गाेल सागोरिकाले गरिन् । उनले खेलको आठौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

बंगलादेशले यो प्रतियोगितामा अहिलेसम्म हारेको छैन । नेपाल प्रतियोगिताको दोस्रो खेलमै बंगलादेशसँग ३–२ को हार भोगेको थियो ।

शीर्ष स्थानमा रहेको बंगलादेशको ५ खेलबाट १५ अंकसहित फाइनलमा पुगेको हो। बंगलादेशलाई उपाधि हात पार्न बराबरी भए पुग्छ । तर उसले अग्रता नै बनाएको छ । समान खेलबाट १२ अंक जोडेको नेपाललाई जित्नै पर्ने दबाब छ ।यसअघि नेपालसँगको पहिलो खेलमा बंगलादेशले उत्कृष्ट खेल खेलको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ८ : २५ बजे

इन्धनको कृत्रिम अभाव गराउने पेट्रोल पम्पमाथि कारबाही होस् : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा

कुवा संरक्षण चारकुनेवासी

तनहुँ– व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण