पूर्वराष्ट्रपति भण्डारीले भनिन् : संसद् निरीह भयो, दलहरूमा समस्या छ « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीले भनिन् : संसद् निरीह भयो, दलहरूमा समस्या छ


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संसद् र दलहरूको कार्यशैलीप्रति कडा टिप्पणीसहित आलोचना गरेकी छन् ।

मदन भण्डारी फाउन्डेसनको हीरक जयन्ती आयोजन समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बिहीबार बोल्दै उनले संसद् निरीह थलोमा परिणत भएको बताइन् । 

‘हामी पूर्ण लोकतन्त्रमा छौँ, तर जनताको आकांक्षा पूरा हुन सकेको छैन। राजनीतिक दलहरूमा समस्या छ, दलहरू प्रणालीमा चल्न सकिरहेका छैनन्,’ उनले भनिन् ।

भण्डारीले ठूला दल कांग्रेस र एमाले संविधान संशोधनमा सहमत भए पनि संशोधनको आवश्यकता के हो भन्ने विषयमा गम्भीर छलफल नभएको उल्लेख गरिन् । 

उनले सांसदसहितका जनप्रतिनिधिमाथि आरोप पुष्टि नहुन्जेल निलम्बन गर्नु गलत भएको बताइन् । ‘कसैलाई आरोप लगाउँदैमा तुरुन्त निलम्बन गर्नु लोकतान्त्रिक होइन,’ उनले भनिन् ।

उनले सम्बोधनमा आफ्नो राजनीतिक यात्राको पनि स्मरण गरिन् । ‘म भोजपुरमा जन्मेको मान्छे हो। कोअर्डिनेशन केन्द्र हुँदै मालेमा पुग्यौँ, मालेबाट एमाले भयो । अहिले एमाले एउटा ब्रान्ड बनेको छ, यो देशभक्त र प्रगतिशील पार्टी हो’, उनले भनिन् । 

एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी उनले मदन भण्डारी फाउन्डेसनलाई थिंक ट्यांकको रूपमा अघि बढाइएको बताइन् र उनले जननेता भण्डारीको विचारलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ३ : ३० बजे

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त

बुटवल-गोरुसिङ्गे सडक आयोजना : सामग्री अभावले काम प्रभावित

लुम्बिनी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको