एसिया कप : श्रीलंकामाथि बंगलादेशले निकाल्यो चार विकेटको रोमाञ्चक जित « Khabarhub

एसिया कप : श्रीलंकामाथि बंगलादेशले निकाल्यो चार विकेटको रोमाञ्चक जित


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपको सुपर फोरको रोचक खेलमा बंगलादेशले श्रीलंकामाथि चार विकेटको जित निकालेको छ। सुरुमा ब्याटिङ गरेको श्रीलंकाले दिएको १६९ रनको लक्ष्य बंगलादेशले एक बल बाँकी हुँदा ६ विकेटको क्षतिमा भेट्टाएको हो। खेलको अन्तिम ओभरमा दुई विकेट गुमाएको बंगलादेशले एक बल बाँकी हुँदा जितका लागि आवश्यक एक रन जोडेको हो। सुपर फोरको यो जितलाई महत्त्वका साथ हेरिएको छ।

सुरुमा ब्याटिङ गरेको श्रीलंकाका लागि कप्तान दासुन शानाकाले नटआउट अर्धशकत बनाए। उनले ३७ बलमा ६४ रन हिर्काए। अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोडेनन्। पूरै २० ओभर खेलेको श्रीलंकाले ७ विकेटको क्षतिमा १६८ रन बनाएको थियो।

श्रीलंकालाई सस्तैमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले २० रन मात्र खर्चिएर तीन विकेट लिएका हुन्। उसका लागि माहीदी हसनले दुई विकेट हात पारे।

१६९ रनको लक्ष्य पछ्याएको बंगलादेशका लागि सैफ हसन र तौहिद हृदयोले अर्धशतक हिर्काए। हसनले ४५ बलमा ६१ रन जोड्दा तौहिदले ३७ बलमा ५८ रन बनाए। उसका लागि लिटन दासले २३ रन थपे।

बंगलादेशले श्रीलंकाविरुद्ध ६ विकेटको क्षतिमा एक बाल बाँकी हुँदा १६९ रन बनाउँदै महत्त्वपूर्ण जित दर्ता गरेको हो। यो जितले बंगलादेशले महत्त्वपूर्ण अवसर पाउने देखिएको छ भने श्रीलंकाको यात्रा कठिन बनेको छ। सुपर फोरका थप दुई खेलमा अब श्रीलंकाले पाकिस्तान र भारतको सामना गर्नेछ ।

सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ६ : ४८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा