एसिया कप : श्रीलंकामाथि बंगलादेशले निकाल्यो चार विकेटको रोमाञ्चक जित | Khabarhub Khabarhub

एसिया कप : श्रीलंकामाथि बंगलादेशले निकाल्यो चार विकेटको रोमाञ्चक जित


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपको सुपर फोरको रोचक खेलमा बंगलादेशले श्रीलंकामाथि चार विकेटको जित निकालेको छ। सुरुमा ब्याटिङ गरेको श्रीलंकाले दिएको १६९ रनको लक्ष्य बंगलादेशले एक बल बाँकी हुँदा ६ विकेटको क्षतिमा भेट्टाएको हो। खेलको अन्तिम ओभरमा दुई विकेट गुमाएको बंगलादेशले एक बल बाँकी हुँदा जितका लागि आवश्यक एक रन जोडेको हो। सुपर फोरको यो जितलाई महत्त्वका साथ हेरिएको छ।

सुरुमा ब्याटिङ गरेको श्रीलंकाका लागि कप्तान दासुन शानाकाले नटआउट अर्धशकत बनाए। उनले ३७ बलमा ६४ रन हिर्काए। अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोडेनन्। पूरै २० ओभर खेलेको श्रीलंकाले ७ विकेटको क्षतिमा १६८ रन बनाएको थियो।

श्रीलंकालाई सस्तैमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले २० रन मात्र खर्चिएर तीन विकेट लिएका हुन्। उसका लागि माहीदी हसनले दुई विकेट हात पारे।

१६९ रनको लक्ष्य पछ्याएको बंगलादेशका लागि सैफ हसन र तौहिद हृदयोले अर्धशतक हिर्काए। हसनले ४५ बलमा ६१ रन जोड्दा तौहिदले ३७ बलमा ५८ रन बनाए। उसका लागि लिटन दासले २३ रन थपे।

बंगलादेशले श्रीलंकाविरुद्ध ६ विकेटको क्षतिमा एक बाल बाँकी हुँदा १६९ रन बनाउँदै महत्त्वपूर्ण जित दर्ता गरेको हो। यो जितले बंगलादेशले महत्त्वपूर्ण अवसर पाउने देखिएको छ भने श्रीलंकाको यात्रा कठिन बनेको छ। सुपर फोरका थप दुई खेलमा अब श्रीलंकाले पाकिस्तान र भारतको सामना गर्नेछ ।

सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ६ : ४८ बजे

पूर्वराष्ट्रपति भण्डारीको क्षतिग्रस्त घरको गृहमन्त्रीले गरे निरीक्षण

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको

बत्तीसपुतलिमा संस्थापन पक्षको भेला 

काठमाडौं– नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला सुरु भएको छ

फुटबल खेलाडीहरूले आफ्नो मेडल एन्फालाई उपहार दिएपछि…

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच

विभिन्न हतियारसहित एक जना पक्राउ

काठमाडौं– तारकेश्वर नगरपालिका-११ मनमैजु लोकतान्त्रिक चोक डेरा गरी बस्ने कैलाली टीकापुर नगरपालिका-१

सुदन गुरूङको आक्रोश : गृहमन्त्री ओमप्रकाश अर्यालले अब राजीनामा दिनुपर्छ 

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालको तत्काल राजीनामा